Trending
बिश्व कीर्तिमानी खेलाडी दिनेश सुनार अमेरिकामा सम्मानित भएकाछन् । उन्लाई एक कार्यक्रमकाबीच अमेरिकामा सम्मानीत गरीएको हो ।
नेपालका एक मात्र अन्तराष्ट्रिय पार्कर खेलाडीको रुपमा सुनारले नेपाललाई विश्वसामु चिनाउदै आएकाछन् । उन्लाई रोटरी कल्ब एनवाई क्वीनले सम्मानित गरको हो ।
सुनारले यो सबै नेपालीको जीत भएको भन्दै सम्मानीत हुन पाउँदा खुशी लागेको र न्यूयोर्क सिटीका मेयरका सल्लाहकार,तथा समाजसेवी नवराज केसीप्रति आभार व्यक्त गरेकाछन् । सुनारले चारबिद्यामा बिश्व रेकर्ड कायम गरेका छन ।
अमेरिकाको ओहायो राज्य संसद भवन विश्वको सबै भन्दा विकसित, शक्तिशाली देश र विश्वका धेरै शक्तिशाली व्यक्तिहरुको सपनाको देशबाट पनि उनी यस अघि नै सम्मानीत भई सकेकाछन् ।
मानिसको प्रेणाबाटै मानिस अगाडी बढ्न सक्ने भन्दै काम गरे त्यसको प्रतिफल ढीलो चाडो प्राप्त हुने बताउनुभयो । अनुशासन कडा मेहनत र लगनशिलतालाई निरन्तरता दिएर मातृभूमि नेपाललाई विश्वमा चिनाउन उन्को योगदानको प्रशंसा गरीएको छ । उन्ले ७२५५ गर्भनर थोमस जे क्राउली प्रति पनि आभार व्यक्त गरेकाछन् ।
आगामाी दिनमा नेपाल र नेपालीको हितमा लागि रहने प्रण पनि गरका छन् । हरेश नखाई आफ्नो कर्तव्यमा लाग्न सके त्यो भन्दा ठुलो उपलब्धि हासिल गर्न सकीने सुनारको भनाई छ ।
धेरै अप्ठेरो आई परे पनि समाज र व्यक्तिको कुनै प्रवाह नगर्द आफूले आज यो सफलता हासिल गर्न सकेको उन्का भनाई छ । दिनेशले हिजो के भयो बिर्सिएर नेपाल र नेपालीको हितमा यो सफलतालाई प्रयोग गर्ने बताए ।