डिभिजन वन कार्यालय गोरखाले जिल्लामा वृक्षारोपणका कार्य बढाउने योजनासहित विभिन्न प्रजातिका बिरुवा निःशुल्क वितरण गर्न लागेको छ । कार्यालयले काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो र चिउरीलगायतका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क रूपमा वितरण गर्न लागेको हो ।

कार्यालय प्रमुख अशोक श्रेष्ठका अनुसार जसका लागि गोरखा नगरपालिकाको तीन किलो, गण्डकी सबडिभिजन वन कार्यालय सिउरेनटर र पालुङटार सबडिभिजन कार्यालयअन्तर्गतका नर्सरीमा उन्नत जातका बिरुवा उत्पादन गरेको छ ।

कार्यालयले कवुलियती वन तथा सामुदायिक वनमा रहेका बाँझो जमिनमा वृक्षारोपण गरेसँगै यसले समुदायस्तरमा आयआर्जन वृद्धि गर्नसमेत मद्दत पुग्ने श्रेष्ठको भनाइ छ ।

प्रमुख श्रेष्ठका अनुसार वन कार्यालयले अम्बा, इमिली, निबुवा, लप्सी, अमला, कटहर जडीबुटीजन्य तेजपात, टिमुर, सर्पगन्दा, नीम, कुरिलो, कडिपत्ता, राइखन्यु, निमारो, टाँकी, बर्रो, काभ्रो र पाखुरीलगायत डालेघाँस तथा कल्की, कपुर, म्यान्गुइष्टिक, वीरेन्द्रफूल, कपुर, धुपी, परिजात, श्रीखण्ड, अष्ट्रेलियन बबूल, गोलमोहरलगायतका बिरुवा उत्पादन गरी वितरण गरिरहेको छ ।

गोरखामा वन क्षेत्र, झाडी र बुट्टानले सबैभन्दा बढी ३१.३१ प्रतिशत क्षेत्रफल ओगटेको छ । घाँस र मैदान (चरन क्षेत्र) समेतलाई वन क्षेत्रमा समावेश गर्दा कूल भू–भागको ४७.६३ प्रतिशत वन क्षेत्रले ढाकेको देखिन्छ । जिल्लामा खेतीयोग्य जमिन १७.८६ प्रतिशत र १६.६२ प्रतिशत चरन क्षेत्र रहेको छ ।

मङ्लबार, २६ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !