अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गरेका नेपालीहरु संगठित भएका छन् । व्यवसायिक हकहितकका लागि उनीहरुले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन् । प्रदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको सल्लाहकार नवराज केसीले जानकरी दिनुभयो । सदस्यहरूमा नवीन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन । सल्लाहकार समितिमा नवराज केसी, खगेन्द्र जिसी, डा. विनोद शाह, नवीन शेरचन, पासाङ नुरु शेर्पा र जंगबहादुर बम रहेका छन् ।
अमेरिकामा नेपाली मुलका व्यवसायीहरूलाई एकजुट बनाउँदै व्यबसायहीहरुको हक र हितका लागि संस्था स्थापना गरिएको सस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
तदर्थ समितिले तीन महिनाभित्र सदस्यता वितरण गरेर अधिवेशन गर्ने अभियान सुरु गरेको छ । स्टेट डिपार्टमेंट साथै न्युयोर्क राज्यले जारी गर्ने व्यवसायीक सूचना र सुबिधाहरु नेपाली व्यवसायीहरुले पनि प्राप्त गर्न सकून भन्ने उद्देश्य संस्थाको छ । संस्थाले नेपालको बिकास सामाजिक, स्वास्थ्य, शिक्षाको क्षेत्रमा पनि काम गर्ने बताईएको छ । संस्थाको बैंकिंग कारोबार को लागी नेपालीहरुद्वारा प्रबर्धन गरिएको बैक खाता खोलिएको छ । न्युयोर्क आसपास व्यवसाय संचालन गरि रहेका भएका व्यवसायीहरुलाई सदस्यता वितरण गरी एकता कायम गरीने छ ।