धादिङ जिल्लाको दुर्गम रुबी भ्यालीका महिलाहरु अहिले सिप सिक्ने उद्धेश्यले सिलाई बुनाईको लागि कल चलाउन व्यस्त देखिन्छन् । आफ्नो पौरख आफ्नै गौरव भने झै आफै सिप सिकेर आत्मर्निभर बन्ने उद्धेश्य लिएका यहाँका महिलाहरु घरको काम सकेर अहिले सिप सिक्न तल्लीन छन् । आफ्नो खुट्टामा आफै उभिने अर्थात आफ्नो मेहनतमा आफै बाच्ने उद्धेश्य सबैको भए झै अहिले धादिङको यो रुबी भ्यालीका महिलाहरुले पनि सिप सिकेर आफ्नो खुट्टामा आफै उभिने संकल्प लिएकाछन् । रोटरी अन्तराष्ट्रिय अनुदान, रोटरी क्लव अफ महाराजगञ्ज र स्टेप्स फाउण्डेसन नेपालले यसरी यहाँका महिलाहरुलाई सिलाई कटाईको सिप सिक्ने चाजोपाजो मिलाई दिएको हो । सानैदेखि सिलाई कटाईमा रुची राख्ने र यो सिप सिकेर रोजगारी सृजना गर्न सकीन्छ भन्ने सोचेका यहाँका महिलाहरुको इच्छा ढीलै भए पनि अहिले पुरा भएको छ । घरको काम सकेर यसरी कल समाउनु अहिले उनीहरुको दैनीकी बनेको छ ।
उनीहरुलाई सिलाई कटाईसंगै पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउने, बितरण गर्नेलागयतका तालिमसंगै प्रशिक्षण दिइरहेको स्टेप्स फाण्डेसन नेपालकी सचिव लुरानी घलेले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा बजारको अभाव हुँदा गाउँमै पुनः प्रयोग गर्न सकीने महिलाकालागि अत्यावश्यक स्यानेटरी प्याड बनाउनसके रोजगारी सृजना पनि हुने र बजार सम्म पु¥याएर आम्दानी गर्न पनि सकीने उनीहरुको सोचाई छ । सचिव लुरानी घलेले रुबि भ्याली दुर्गम भएका कारण उर्जा र जागर भए पनि यहाँका महिलाहरु सिप सिक्ने अवसरबाट बञ्चित हुदै आएको र अहिले उनीहरु उत्साहकासाथ सिप सिकी रहेको बताउनुभयो । सिप सिक्न युवतीहरुको बढी उत्साह देखिन्छ ।
रोटरी क्लव अफ महाराजगञ्जका इलेक्ट प्रेसीडेन्ट कृष्ण गुरुङले दुर्गम र अधिकांश महिलाहरु सिपविहिन भएका कारण उनीहरुमा सिपको बिकास गरी आत्मर्निभर बनाउने उद्धेश्यले तालिमसंगै सिपमुलुक प्रशिक्षण दिईएको बताउनुभयो । सधै चुलो चौका, कृषि, पशुपालन र घाँस दाउरालाई मात्र आयस्रोतको रुपमा लिने यहाँका महिलाहरुले अहिले बसी बसी सिलाई कटाई सिप सिकेर आत्मनिर्भर हुन सकीन्छ भनेर पनि लागेकाछन् । स्टेपस फाउण्डेशन नेपालकी अध्यक्ष बेनीरानी घलेले हातमा सिप भएपछि आत्मर्निभर बन्न सकीने बताउनुभयो । उहाँले तीन महिना सिप सिकेपछि महिलाहरु आफै सक्षम हुन सक्ने बताउनुभयो ।
घरमै बसीबसी काम गर्न सकीने र उत्पादन गरेका समाग्री बजारसम्म पु¥याउन सकीने भएकाले महिलाहरुको स्यानेटरी प्याड र कपडा सिलाई कटाईमा आकर्षण पनि बढेको छ । घर खर्च टार्न श्रीमानको आश गर्नु पर्ने बाध्यतामा रहेका महिलाहरु हातमा सिप भए आफै कमाउन सकीने रहेछ भनेर दंग परेकाछन् ।
तीन महिने तालिमकै दौरानमा उनीहरुको हात हातमा यसरी कल देख्न सकीन्छ । कल घुमाउँदै सिलाई सिप सिक्न पाउँदा मक्ख मात्र छैनन, भोली अझ राम्रो सिप सिक्न सकीने रहेछ भन्नेमा विश्वस्त पनि बन्दै गएकाछन् । दुर्गम ठाउमा मेसिन नदेखेका यहाँका महिलाहरुले मेसिन चलाउन सिकेकाछन् । मेसीनमा सियो लगाउन र धागो लगाउन सीकेकाछन् । चौबन्दी चोलो, पर्स, कुर्था सुरुवाल, सेनेटरी प्याड सिलाउन थालेपछि सकीने रहेछ भनेर उनीहरुमा आत्मबिश्वास पनि बढेको छ । उनीहरुको चाडै भएको सिप क्षमता बृद्धि देखेर अन्य महिलाहरु पनि सिप सिक्न उत्साहित देखिन्छन् । गाउ सम्म यसरी कल मेसिन, कैची, कपडालगायतका आवश्यक वस्तु ल्याएर सिप सिक्न पाएकोमा महिलाहरु खुशी देखिन्छन् । यहाँका झण्डै ३२ जना महिलाहरुले सिलाईबुनाई प्रशिक्षण लिई रहेकाछन् । प्रशिक्षक लुरानी घलेले सिप सिक्नकालागि यहाँका महिलाहरु उत्साहित भएको र आगामी दिनमा पनि महिलाहरुलाई अन्य क्षमता अभिवृद्धि लगायतका सिप बिकास प्रशिक्षण दिदै जाने बताउनुभयो ।