संखुवासभाको भोटखोला गाउँपालिकाले खेलाडीहरुलाई सम्मानीत गरेको छ । कोशी प्रदेश स्तरीय नवौं आर्चरी खेलकुद प्रतियोगिता अन्र्तगत प्रथम स्थान प्राप्त गर्ने पालिकाका आर्चरी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले आज एक कार्यक्रमकाबीच सम्मानीत गर्नुभयो । भोटखोला गाउँपालिका आयोजक र संखुवासभा जिल्ला आर्चरी संघ सहआयोजक रहेको कार्यक्रममा प्रदेश सांसद राजेन्द्र कार्कीले स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मानीत गर्नुभएको थियो ।

आर्चरी खेलका टिम क्याप्टेन पासाङ भोटे, जोजो भोटे, ङादर भोटे, गुरु भोटेले स्वर्ण पदक प्राप्त गर्दे आर्चरी खेललाई जिवन्त राख्न भूमिका खेल्नु भएको थियो । पछिल्लो समय आर्चरी खेलले खेल क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउदै आएको छ । संखुवासभा आर्चरी संघले बिभिन्न पर्व, महोत्सवको अवसरमा खेल क्षेत्रको बिकास गर्ने उद्धेश्यले आर्चरी खेलको प्रतिश्प्रधा गराउदै आएको छ । गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले भोटखोला खेल क्षेत्रमा अगाडी बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पालिकाले खेल क्षेत्रको बिकास र युवाहरुको बिकासकालागि प्राथमिकता दिने गरेको पनि बताउनुभयो ।

शनिबार, २३ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे