संखुवासभाको चैनपुर नगरपालिकाले पूर्ण खोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ । चैनपुर नगरपालिका भित्रका सबै १६ देखि ५९ महिनाका बालबालिकालाई १५ महिना भित्र पाउनु पर्ने सवै खोप यस आर्थिक बर्ष २०७९÷८० मा पुरा गराउन सफल भएको छ । अभिभावक, स्वास्थ्यकर्मी, महिला स्वयंसेवीका, जनप्रतिनिधि तथा खोप समन्वय समिति आफ्नो लक्ष्य पुरा गर्न सफल भएको हो । आगामी आर्थिक बर्षमा पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरीएको छ । कार्यक्रममा संखुवासभा जिल्ला समन्वय समितिका अध्यक्ष सुमन शाक्यले तोकीएकै

समयमा उत्साहप्रद रुपमा खोप कार्यक्रम सम्मपन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले बालबालिकाकालागि खोप महत्वपूर्ण भएको भन्दै सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवादसमेत दिनुयभयो । जिल्ला समन्वय समितिकी उपाध्यक्ष बबिता अधिकारीले खोप सफल बनाउन चैनपुर नगरपालिका र महिला स्वयंसेवीकाको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । चैनपुर नगरपालिकाका मेयर कृष्ण तामाङले बिकट क्षेत्रमा पुगेर स्वयंसेवीकाले समयमै खोप कार्यक्रमलाई सफल बनाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आगामी आर्थिक बर्षमा समेत यस्तै उत्साहपूर्वक सहयोग गर्न र समयमै पूर्ण खोप सम्पन्न गर्न सहयोगकोलागि आग्रहसेमत गर्नुभयो । कार्यक्रमका सहभागिहरुले पूर्णखोप प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको चैनपुर नगरपालिका खोप समन्वय समिति चैनपुरले जनाएको छ ।

आइतवार, १७ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !