चट्याङले लागेर संखुवासभाको सिलिचोङ गाउँपालिका– ५ याफुका लिलाबहादुर राईको हल गोरु मरे । मध्य असारमा राई गोरु जोत्नको लागि विहान सवेरै गोठ पुग्दा हल गोरु, गाई मरेको दखे । हल गोरु नै चट्याङले मारिदिएपछि मध्य असारमा पैसाको अभावका कारण गोरु किन्न सक्ने क्षमता थिएन् । कसरी यो बर्षको रोपाइँ गर्ने भन्ने पिरलोले पिल्सीएका उन्कालागि वडा अध्यक्ष ईश्वर कुलुङले सहयोगको अपिल गरे । एउटा किसानलाई परेको समस्याको बारेमा मिङ्मा चुप लागेर बस्न सकेनन् । उन्ले तत्कालै हल गोरु नै किन्न लाग्ने पैसा पठाई दिए । शेर्पाले राईलाई हल गोरुका लागि ४५ हजार रुपैया पठाई दिएका हन् । शेर्पाले गोरु किन्ने रकम उपलब्ध गराए लगत्तै वडा अध्यक्ष ईश्वर कुलुङ, स्थानीय युवा अगुवाहरु बागबीर कुलुङ, सुरेन्द्र कुलुङ लगायतले हल गोरु समेत हस्तान्तरण गरिसकेका छन् ।
मानो खाएर मुरी उब्जाउने बेलामा हल गोरु नै गुमाएका राईले जोत्दै गरेको हल गोरु पाएपछि यत्ति बेला उनको खुसीको सिमा छैन । दाताबाट प्राप्त गोरु राईले जोत्न थालेका छन् ।
मिङ्मा शेर्पाले अप्ठ्यारोमा परेका गरिब र आर्थिक अवस्थमा कम्जोर भएकाहरुकालागि सहयोग उपलब्ध गराउन कुनै कसर बाँकी राखेका छैनन् । उन्ले गरेको सहयोग पाउनेहरुले पनि सहयोगको गुन बिर्षन हुँदैन् । आर्थिक बिभिन्न समयमा खाद्यान्न, नगद र जीन्सि सामाग्रीसमेत सहयोग गर्दे आएकाछन् ।

शनिबार, १६ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !