प्रकाश पाक्साँवा
बारीको गह्राहरुमा । पोटिला बन्दाकोभी । एउटै करिब तिन चार किलो पुग्ने । फस्टाएको खेती । आँखै अगाडी मुल्यहिन भएर गुहिन्दै गएको । राम्रो मुल्य पाउने आशमा लगाएको खेती । खरिदका लागी कुनै व्यापारी पुग्दैनन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका किसानको समस्या हो यो । हरियाली करेसाबारी लहर लाग्दो बन्दाले मुल्य नपाउँदा बारीमै गुहिन थालेको छ ।
गतबर्ष ३० रुपैया प्रतिकिलो बिक्री भएको बन्दा यसबर्ष ३ रुपैयाँ पनी बिक्री भएको छैन । छथर जोरपाटी ६ का हिम्मत बहादुर थापाले लगाएको ७ रोपनी क्षेत्रफलमा लगाएको बन्दा बारी मै खेर जान लागेको छ । यसबर्ष बन्दा फस्टाएको राम्रो आम्दानी लिने सोच बनाएका थिए तर,मुल्य नै नपाएपछी उनलाई निल्नु न ओकल्नु बनेको छ । कहिले प्राकृतिक प्रकोप त कहिले रोगकिरा सँगै बजारमा मुल्य नहुँदा किसानहरु बर्षेनी समस्यामा पर्दै आएका छन । थापा भन्छन् ‘अहिले बेच्ने हो भने हाम्रो श्रम,मेहनत र मल बिउको त के कुरा खेतलाको ज्याला पनी उठ्दैन् ।’

पुर्वी पहाड कै मुख्य तरकारी उत्पादनको क्षेत्र मानिएको यसक्षेत्रमा उत्पादन भएको बन्दाले मुल्य नपाउँदा सयौ किसानहरु मारमा परेका छन । थापा जस्तै मञ्जु गुरुङले ५ रोपनी क्षेत्रफलमा लगाएको बन्दाको अवस्था पनी उस्तै बनेको छ । उनी भन्छिन् र्। हाम्रो मुख्य आम्दानीको श्रोत नै तरकारी खेती हो यही पनि बिक्र िनभए पछी परिवार धान्नै समस्या हुने भयो । बजारको समस्या छ हामीलाइ बजार व्यवस्थापन भईदिए राहात मिल्थ्यो ।’ अर्का किसान निर्मल गुरुङले बन्दा बिक्रीबाट यसबर्ष राम्रै आम्दानी हुन्छ भन्ने सोचेका थिए तर , यतीबेला उनले उत्पादन गरेको बन्दा खरिदका लागी कुनै व्यापारी पुगेका छैनन् ।

कतिपय किसानले बैक,बित्तीय संस्था तथा सहकारी संस्थाबाट रिन निकालेर तकारी खेती गर्दै आएका छन । उत्पादन गरेको तरकारी बिक्री नै नभएपछी रिन कसरी तिर्ने चिन्ता थपिएको अम्मरबहादुर थापाको भनाई छ । ‘तरकारी बिक्रीबाट किस्ता तिरौला भनेर खेती गरेको थिए तर अहिले बिक्री नै हुँदैन कसरी तिर्ने होला ।’ उनले भने । अम्मरबहादुरलाई मात्रै यो चिन्ता छैन यहाँका धेरै किसानहरुलाई यही चिन्ताले सताएको छ । थापा र गुरुङहरु त यहाँका उदाहरणका पात्र मात्रै हुन बन्दा उत्पादन गर्दै आएको सबै किसानहरुको समस्या उस्तै बनेको छ । उत्पादन भएपनी बजारको व्यवस्थापन नहुँदा किसानहरु समस्यामा पर्दै आएका छन ।

३ रोपनी देखी ४० रोपनी क्षेत्रफलमा यहाँका किसानहरुले तरकारी खेती गर्दै आएका छन । स्थानीय सरकारले भने यहाँका किसानहरुलाई अझै व्यवसायिक बनाउन तरकारी बिउ,कृषी उपकरण,मिनीटेलर,प्लाष्टिक टनेल जस्ता सहयोग गर्दै आएको छ । आलु,काउली,बन्दा,मुला,गाँजर,मटरकोसा लगायतका विभीन्न तरकारी खेती हुने गरेको छ । यस क्षेत्रमा उत्पादन भएको तरकारी नेपालको पुर्वी तराईका साथै भारतको सिक्कीम दार्जिलिङ बंगलादेश सम्म निर्यात हुँदै आएको छ ।

बुधबार, ६ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !