नयाँ पर्यटकीय उत्पादन विकासमा उदासिन केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्मका सरकारले भ्रमण वर्ष र दशक घोषणामा भने प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपनि कोभिड–१९ महामारीका कारण मनाउन नपाएको सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट पर्यटक दशक घोषणा गरेको छ । पर्यटन दशकको अवधारणा यसअघि कै सरकारको थियो । बजेट भाषणमा भनिएको छ, ‘सन् २०२३–२०३२ लाई पर्यटन दशकका रुपमा मनाइने छ ।’

साथै संघीय सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १० लाख पु¥याउने घोषणा समेत बजेटबाटै गरेको छ । यो लक्ष्य कोरोना महामारी भन्दा अगाडिका दुई वर्ष सन् २०१८ र २०१९ मा नेपाल आएका पर्यटकको संख्या भन्दा पनि कम हो । संघीय सरकारले आगामी आव २०८०÷८१ मा नेपाल घुमौ, नेपाल चिनौ अभियान समेत चलाउने घोषणा गरेको छ ।

संघीय सरकारकै सिको गर्दै प्रदेश सरकारहरु समेत भ्रमण दशक र भ्रमण वर्ष घोषणाको होडबाजीमा छन् । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सन् २०२४ लाई ‘बागमती प्रदेश भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत नै आगामी दशकलाई ‘लुम्बिनी भ्रमण दशक’ मनाउने भनेको छ । लुम्बिनी सरकारले त्यसका लागि सरोकारवालासँग सहकार्य गर्ने भनेको छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने यस्ता घोषण र गतिविधिले मुलुक भित्र पर्यटनलक्षित केही न केही चहलपहल भइरहेको छ भन्ने सन्देश विश्वभर पु¥याउन सहयोग पुग्ने बताउँछन् । ‘यो अभियान संसारभर कुनै न कुनै रुपमा चलिरहेको हुन्छ,’ उनले भने, ‘कोभिडपछिको पुनरुत्थान अभियानको एक अंग भ्रमण दशक र भ्रमण वर्ष अभियान पनि हो ।’ यस्ता अभियानले पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्न, लगानी आकर्षित गर्न र पर्यटनको संख्या वृद्धि गर्न समेत सहयोग पुग्ने उनले बताए ।

के छन् प्रदेश सरकारका योजना ?

प्रदेशहरुमध्ये कोशी प्रदेशले सीमापार पर्यटकलाई आकर्षित गर्ने भनेको छ । प्रदेशको पर्यटन प्रवर्द्धन गर्न कलाकार, पर्वतारोही, सामाजिक व्यक्तिलाई सदभावना दूत तोक्ने घोषणा समेत यस प्रदेशले गरेको छ । फाल्गुनन्द र किरात धर्मगुरु आत्मनन्द लिङदेनको जन्मभूमिमा गुरुयोजना बनाएर कार्यान्वयन गर्ने प्रदेश सरकारको योजना छ । विराटनगर र भद्रपुर विमानस्थलबाट प्रदेश भित्र र बाहिरका विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न पहल गर्ने समेत कोशी प्रदेश सरकारको भनाइ छ । पर्यटकको बसाइ लम्ब्याउन विभिन्न गन्तव्य लक्षित परिक्रमा मार्ग बनाउने समेत प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

मधेश प्रदेशले पर्यटन पूर्वाधार विकासमा बढी जोड गरेका छ । एक जिल्ला एक नवीनतम पर्यटकीय गन्तव्य बनाउने भनेको प्रदेश सरकारले मन्दिरहरुको संरक्षण र विकास, गढीमाई मन्दिरको गुरुयोजना, धनुषाधाम संरक्षित वनलाई प्रदेश गौरवको जैविक तथा वन्यजन्य उद्दार केन्द्र बनाउने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । मिथिला र रामायण सर्किटलाई समेत यो प्रदेशले प्राथमिकता दिएको छ ।

बागमती प्रदेशले २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षका रुपमा मनाउने र होमस्टेलाई प्राथमिकता दिने भएको छ । संग्रहालय विकास, तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा विकास गर्ने सहितका घोषणा यो प्रदेशले गरेको छ ।

गण्डकी प्रदेशले हिमाली र पहाडी क्षेत्रमा पदयात्रा मार्ग निर्माण गर्ने भनेको छ । हरेक धार्मिक स्थललाई साधन केन्द्रका रुपमा विकास गर्ने तथा पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न पहल गर्ने भनेको छ । एक प्रदेश निर्वाचन क्षेत्र, एक नमुना घरबास होमस्टे कार्यक्रमको घोषणा समेत गण्डकी प्रदेशले गरेको छ । पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्न आवश्यक पूर्वाधारको विकास गर्ने समेत गण्डकीको भनाइ छ । लुम्बिनी, मुक्तिनाथ, कैलाश पर्वत जोड्ने मुक्तिमार्गको सम्भाव्यता अध्ययन गर्ने प्रदेश सरकारको भनाइ छ । पुरानो पोखरा विमानस्थलको स्वामित्व आफूले लिएर संरक्षण गर्ने घोषणा प्रदेश सरकारको छ ।

लुम्बिनी प्रदेशले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न समन्वय गर्ने भनेको छ । लुम्बिनीमा नोबेल पुरस्कार विजेता र राजनेताको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको ‘लोरेट एण्ड लिडर कार्यक्रम’ गर्ने घोषणा र लुम्बिनी भ्रमण दशकको घोषणा समेत यो प्रदेशले गरेको छ । रुरु क्षेत्रलाई सांस्कृतिक क्षेत्र घोषणा गर्ने तयारी छ ।

कर्णाली प्रदेशले प्रदेश पर्यटन गुरुयोजना कार्यान्वयन गर्ने भनेको छ । सुर्खेत विमानस्थलको स्तरोन्नतीका लागि संघीय सरकारसँग समन्वय गर्ने घोषणा प्रदेश सरकारको छ । सुदूरपश्चिम प्रदेशले मूख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रम तर्जुमा गर्ने र पूर्वाधारमा जोड दिएको छ । प्रदेश स्तरीय चिडियाखाना निर्माणको घोषणा सुदूरपश्चिम सरकारको छ ।

घोषणाबाट उत्साहित व्यवसायी करनीतिमा भने असन्तुष्ट

सरकारले घोषणा गरेका भ्रमण दशक, भ्रमण वर्ष र अभियानबाट उत्साहित व्यवसायी सरकारको कर नीतिप्रति भने असन्तुष्ट छन् । व्यवसायीले पर्यटन क्षेत्रलाई लक्षित गरी सरकारले ल्याएका करनीतिले पर्यटन उद्योगमा नकारात्मक प्रभाव पार्ने भन्दै कम्तीमा एक वर्षका लागि यी नीति स्थगित गर्न र गम्भीर अध्ययन गराउन सरकारसँग माग गरेका छन् ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरी बास्तोलाका अनुसार पर्यटनसँग सम्बन्धित सरोकारवाला संघसंस्थाले संयुक्त रुपमा यस्तो माग गरेका हुन् । कोभिड–१९ महामारीबाट भर्खरै लयमा फर्कंदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन समेत व्यवसायीले कर नीति स्थगतको माग गरेको उनको भनाइ छ ।

नयाँ कर नीतिले ट्रेकिङ तथा टुर प्याकेज, हवाई टिकटलाई भ्याट लाग्ने सूचीमा समावेश गरेको छ । २ प्रतिशत विलासिता शुल्क घोषणा गरिएको छ । आगामी आर्थिक वर्षबाट सरकारले विदेश भ्रमणमा जाने नेपालीबाट ५ प्रतिशत पर्यटक शुल्क समेत उठाउने भएको छ ।

शनिबार, २ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत