Trending
संखुवासभाको प्रसिद्ध तिर्थस्थल सिद्धकाली मन्दिर परिसरमा आज बृक्षारोपण गरीएको छ । चैनपुर नगरपालिका–३ स्थित पवित्र प्रसिद्ध धार्मिक तिर्थस्थल सिद्धकाली मन्दिर परिसरमा बृक्षारोपण गरीएको हो । हरेक शनिबारलाई श्रमबारको रुपमा परिणत गर्ने उद्धेश्यले बृक्षारोपण गरीएको सिद्धकाली मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर परिसरमा र्धािर्मक प्रजातिका बिरुवा, फलफूल र बिभिन्न सुगन्धित फूलका बिरुवाहरु रोपीएको थियो । चैनपुर नगरपालिकाका प्रमख कृष्णकुमार तामाङ, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, समाजसेवी, मन्दिर व्यवसथापनसमितिका पदाधिकारी र स्थानीयको सहभागिता रहेको थियो ।