नेपालस्थित पाकीस्तानी दुतावासले आज निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाल–पाकीस्तान मैत्री तथा साँस्कृतिक संघ एनपिएफसीएको सहकार्यमा निःशुल्क शिविर आयोजना गरीएको हो । ललितपुरको गोदावारीस्थित श्री सिद्धेश्वर आधारभुत बिद्यालय किटीनीमा सिनियर चिकित्सकसहितको स्वास्थ्य शिविर आयोजना गरीएको थियो । पाकिस्तानी दुतावासले गरेको यो १८ औं निःशुल्क चिकित्सा शिविर हो । शिविरमा पुर्व छात्रा, डक्टर र दक्ष स्वास्थ्यकर्मीहरुले ४ सय भन्दा बढी पुरुष, महिला र बालबालिकाहरुलाई निःशुल्क सेवा प्रदान गरेका थिए । जटील खालका बिरामीहरुलाई भने ३ महिनाको लागी औषधि उपलब्ध गराईएको थियो । शिविरमा पाकीस्तानी चार्ज डी, अफेयरर्स ए अमिर अलिले शिविरको माध्यमबाट दुई देशका जनताबीचको सम्बन्ध बलियो हुदै जाने बिश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत नेपाल–पाकीस्तानको सम्बन्ध अझै समधुर हुदै जाने पनि बताउनुभयो । नेपाल–पाकीस्तान मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष डा. मञ्जुरत्न शाक्यले पाकीस्तान सरकारले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । पाकीस्तानले नेपालका बिभिन्न दुर्गम स्थानमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बिपन्न जनतासम्म पुगेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दे आएको छ ।

शनिबार, २ असार, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे