संखुवासभाको भोटखोला गाउँपालिकाले बरुण नदिमा कुनै पनि जलबिद्युत अयोजना सञ्चालन गर्न नदिने निर्णय गरेको छ । भोटखोला गाउँपालिकाको १३ औं बैठकले गाउँपालिकाको वडा नम्बर–४ मा रहेको पवित्र बरुण नदी धार्मिक र साँस्कृतिक आस्थाकोे केन्द्रको रुपमा रहेको भन्दै कुनै पनि जलबिद्युत आयोजना यस नदिमा सञ्चालन गर्न नदिने सर्वसम्मत निर्णय गरेको हो । प्राकृतिक सम्पदा, पर्यटकीय दृष्टिकोणले समेत प्रख्यात रहेकाले यो नदिमा जलबिद्युत आयोजना सञ्चालन गर्न नदिने निर्णय गरेको हो । बरुण नदिको उद्गम स्थल मकालु हिमालको काखमा अवस्थित दुध पोखरी हो । शिवधाराको पवित्र पानी पनि यस नदिमा याङले भन्ने स्थानमा समिश्रण हुन्छ । हिन्दु र बौद्ध धर्मवालम्वीहरुको आस्थाको धरोहर यस नदिमा बार्षिक रुपमा माघी मेला लाग्ने, स्नान गर्ने र प्रकृतिको पूजासमेत गर्ने परम्परा रहदै आएकाले यस पवित्र नदिमा त्यस्तो कुनै गतिबिधि गर्न नदिने निर्णय भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो ।
पवित्र बरुण नदिमा एम्पीक एनर्जी प्रा.लि.ले कम्पनीको नाममा नदि दर्ता गर्ने र बिद्युत उत्पादनका प्रकृयालाई अगाडी बढाई रहेको भन्दै भोटखोला गाउँपालिकाको बुद्धिजीवि, राजनैतिक दलका प्रतिनिधिहरु र धार्मिक आस्था राख्ने हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुले समेत यस्तो कार्य रोक्न माग गरेकाछन् । बरुण नदिलाई पवित्र धार्मिक आस्था र साँस्कृतिक सम्पदाको रुपमा राखि एम्पीक इनर्जी प्रा.लि. वा अन्य कुनै जलबिद्युतसंग सम्बन्धित गतिबिधिहरु रोक लगाई बिद्युत उत्पादन अनुमति रोक्नकालागि गाउँपालिकाले उर्जा मन्त्रालयमासमेत पत्र पठाई सकेको छ । एम्पीक इनर्जी प्रा.लि.ले १ सय ३२ मेघावाटको तल्लो बरुण जलबिद्युत आयोजना मार्फत बिद्युत उत्पादन गर्ने कार्यलाई बिद्युत बिकास बिभाग मार्फत अगाडी बढाएको भन्दै गाउँपालिकाले त्यस्तो कार्य रोक्न आग्रह गरेको अध्यक्ष भोटेले जानकारी दिनुभयो । बरुण जस्तो पबित्र नदिलाई जोगाई रोख्नुको सट्टा जलबिद्युतको लाईसेन्स दिएर वातावरण र पर्यावरणमा असर पुर्याउने मात्र नभई यस्को धार्मिक, साँस्कृतिक, पर्यटकीय र जैविक बिबिधतामा आँच आउन नदिन गाउँपालिकाले आग्रह गरेको छ ।

बुधबार, ३१ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे