नेपालस्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानको १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैठौं वार्षिक राजदूत अफ पाकिस्तान भाषण प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । राजदूत अबरार एच हाश्मीले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘सार्क–कसरी सदुपयोग गर्न सकिन्छ क्षेत्रीय समृद्धि’ भन्ने थियो । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदकसहित स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसपछिका दश उत्कृष्ट विद्यार्थीलाई पनि सान्त्वना नगद पुरस्कार प्रदान गरिएको थियो । “हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव – दक्षिण एसियामा साझा चुनौती” विषयक वक्तृत्व प्रतियोगितामा उत्कृष्ट हुनेलाई पनि स्वर्ण, रजत, कांस्य पदकका साथै स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसपछिका तेह्र उत्कृष्ट विद्यार्थीहरूले पनि स्मृति चिन्ह र नगद पुरस्कार प्राप्त गरे।
दुवै प्रतियोगितामा ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीसम्म नेपाली विद्यार्थीहरुको राम्रो संख्यामा सहभागिता रहेको थियो । राजदूत हाश्मीले सहभागी विद्यार्थीहरूको आलोचनात्मक सोचको प्रशंसा गर्दै भविष्यका चुनौतीहरूलाई आत्मसात गर्न आह्वान गर्नुभयो । राजदूतले दुई देशबीचको युवा अन्तरक्रियाको महत्वलाई चिरस्थायी पुलको रुपमा पनि उजागर गर्नुभयो ।
विगत पाँच र १० वर्षदेखि क्रमशः हरेक वर्ष आयोजना हुने यी दुई प्रतियोगिता नेपाली युवाहरूमाझ निकै लोकप्रिय भएका र देशभरका प्रतिभाशाली विद्यार्थीहरूलाई आकर्षित गर्ने गरेका छन् ।

बुधबार, ३१ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत