राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएको छ । मुटुमा समस्या देखिएपछि पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उहाँको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ । । राष्ट्रपति पौडेलको गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोलीले स्वास्थ्य परीक्षण गरिरहेको जनाईएको छ ।