काठमाडौंको पुरानो बानेश्वर चोकबाट सिनामंगल जाने बाटोको १ सय मिटरको दूरीमा दायाँ पट्टी भित्र छ पोज फेसन । पोज फेसनकी सञ्चालक कुन्तीदेवी पोख्रेल निकै व्यस्त छिन् । उन्को व्यवसाय अहिले निकै राम्रो छ । भनिन, व्यवसाय त्यति राम्रो पनि छैन, नराम्रो पनि छैन । घाटामा छैन भनौं न । उन्कोमा ब्याग मात्र किन ? कुर्ता सुरुवाल, बच्चाका कपडा पनि डिजाईन डिजाईन छन् । उन्ले मैले २० ओटा मेसिन किनेर तत्काल कपडा तयार गर्ने व्यवसाय शुरू गरेकी हुन् ।
नेपाली समाजले उत्पादन गरेको नेपाली कपडा नेपालीले लगाउन भनेर मैले गार्मेन्ट शुरू गरेकी हुँ उन्ले भनिन् । तर विडम्बना नै भन्छु म हामीले सिगो, धागो देखि कच्चा पदार्थ सबै बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । यसलाई अहिले यसलाई म नेपाली उत्पादन भनौं कि नभनौं को अवस्थामा छु, यसलाई नेपाली उत्पादन भन्न पनि सुहाएन विदेशबाट कच्चा पदार्थ ल्याएर बनाएको भनौं न ।
कोभिडको महामारीलेबेला नै । त्यसैको बिचोबीचमा पोस फेसनको कन्सेप्ट सुरु भएको हो । हो । सामाजिक काममा क्रियाशिल कुन्ती कोरोना महामारीका बीचमा पनि विभिन्न जिल्लामा महिला उद्यमीको छाक टार्न कसरी सकिन्छ भनेर चिन्तित थिइन् । उनले भनिन्,‘दाल चामल बाँढ्ने मात्र ठूलो कुरा थिएन, त्यो त हामी गर्दै आएका थियौं,तर ती उद्यमी महिलाको उद्यमशीलताबाटै केही उपार्जन गरौं भन्ने थियो ।
कुन्तीले ४० जिल्लामा पुगेर सयौं महिलालाई उद्यमशिल बन्नका लागि तालीम दिएकी थिइन् । तिनै उद्यमी महिलालाई परिचालन गरेर सपिङ ब्याग बनाउन पाए हुने भन्ने लाग्यो । उनले जसोतसो मेसिन र कच्चा पदार्थ जुटाएर उद्यमी महिलाको घर घरमा पुराइन् । उद्यमीले ब्याग उत्पादन गर्थे,उनले त्यसलाई बजारीकरणमा सहयोग गर्थिन । उद्यमी महिलाहरूले प्रस्ताव राखे, ‘ब्याग मात्र किन ? कुर्ता सुरुवाल,बच्चाका कपडा पनि बनाऔं न । यस विषयमा सोच्दै नसोंचेकी कुन्तीलाई प्रस्ताव उत्तम लाग्यो । मैले २० ओटा मेसिन किनेर तत्काल कपडा तयार गर्ने व्यवसाय शुरू गरें । पोज फेसन जन्मिँदाको प्रसंग रमाइलोसँग कुन्तीले सुनाइन् ।

थोरै थोरै गर्दै लघु उद्यम भनेर गरिएको व्यवसायको लगानी १० करोडभन्दा माथि पुगिसकेको छ । कपडा बनाउँदा हाम्रो नेपाल उत्पादनको रूपमा अल्लो लगायतका कपडालाई हामीले प्राथमिकता दिने पोजले सबै खालका कपडा उत्पादन गरिरहेको छ । उनले कपडाको हकमा नेपालीले लगाउने सबै खालका कपडा उत्पादन गर्ने सोचका साथ काम गरिरहेको कुन्तीले बताइन् । उनले भनिन्, कपडा बनाउँदा नेपाली मौलिक फेसनमा पनि जानुपर्छ भन्ने हामीलाई लागेको हो । तर कतिपय अवस्थामा बजारको मागमा पनि निर्भर रहनुपर्ने हुनाले हामी पूर्णरूपमा त्यसमा जान सकेनौं । पोजले अहिले बजारमा आएका माग र फेसनलाई नै प्राथमिकता दिँदै आएको छ । यसो गर्नुको कारण कम्तिमा बजारले मागेका कपडा विदेशबाट तयारी भएर नआउन भन्ने रहेको उनको भनाइ छ ।
नेपाली उत्पादनको गुणस्तर कम छैन न त मूल्य नै विदेशीको भन्दा बढी हुन्छ तर उपभोक्ताले पनि विदेशीलाई प्राथमिकता दिने प्रवृत्ति उत्तिकै छ । उनी आफैले ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिएर उद्योग शुरू गरेकी थिइन् ।
नेपाली उत्पादन विश्व व्यापारमा प्रतिस्पर्धा गर्ने अवस्थामा रहेको उनको भनाइ छ । लघुउद्यमको माध्यमबाट आवश्यक जनशक्ति परिचालन गर्न सके प्रभावकारी हुने उनको भनाइ छ ।

आइतवार, २८ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !