जलबिद्युत र हाईड्रो बिज्ञ बिक्रम बिष्टले नेपाल हाईड्रोको हवको रुपमा रहेको बताउनुभएको छ । यहि जेष्ठ ३२ गते हुने इप्पानको उपाध्यक्षमा आफ्नो उम्मेद्वारी दिनुभएका बिष्टले नेपाललाई जलस्रोतको माध्यमबाट सुन्दर देश बनाउन सकीने बताउनुभयो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दे उहाँले भोजपुरबाट काठमाडौ आउँदा र अहिले जलबिद्युतको क्षेत्रमा बिज्ञता हासील गर्दे गर्दा आफूले अनुभवको आधारमा उपाध्यक्षमा उम्मेद्वारी दिएको बताउनुभयो । विष्टसँगै इप्पानको आगामी कार्यसमितिको पदाधिकारीहरुमध्ये उपाध्यक्षका प्रत्यासीहरुमा राम आचार्य, उत्तम भ्लोन लामा र आशिष गर्ग देखा परेका छन् । विष्ट अरु उम्मेदवार भन्दा पोख्त र जलविद्युतको क्षेत्रमा बिज्ञता हासिल गरेको हुनुहुन्छ ।
विष्टले निजी विद्युत् उद्यमीहरुको हक हितका लागि आवाज उठाउँदै आइरहेको र इप्पानको कार्य समितिमा बसेर विगतमा आफूले उठाएका, निजी क्षेत्रले भोगेका समस्याहरु समाधानका लागि लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्युत् निर्यातमा निजी क्षेत्रको सहभागिताका लागि पनि आफूले आवश्यक पहल गर्ने उहाँको भनाई छ । पहिलो निजी क्षेत्रका समस्या समाधान, दोस्रो विद्युत् निर्यातमा निजी क्षेत्रको सहभागिता सुनिश्चितता र तेस्रो कार्बन क्रेडिटको रकम नेपालले पाउनुपर्ने र चौथो जलवायु क्षेत्र भएको उहाँको भनाई छ ।

मुलुक जलविद्युत् उत्पादनको अधिक सम्भावनायुक्त देश भएकाले स्वच्छ ऊर्जा उत्पादन गरी कार्बन व्यापारको रकम नेपालमा भित्र्याउन आफ्नो विशेष ध्यान जाने उहाँले बताउनुभयो । त्यसैगरी बिश्व जगत जलवायु परिवर्तनको चपेटामा पर्दा नेपाल पनि पर्न थालेको र आगामी दिनमा अझ बढी संकट आउने देखिएकाले अहिलेदेखि नै जलवायु बचाउलाई राष्ट्रव्यापी रुपमा अभियानै सञ्चालन गर्नुपर्ने उहाँको धारणा छ ।
विगतमा इप्पानले विद्युत् निर्यातमा निजी क्षेत्रको सहभागिताका लागि निकै पहल गरे पनि राज्य पक्षले सुनुवाई नगरेको उहाँको आरोप छ । संसदले प्रस्तावित विद्युत् विधेयकलाई वास्ता नगरेकाले मुलुकमा हिउँदयाममा जगेडा हुने बिजुली खेर फाल्नुपरेको उल्लेख गर्दै विष्टले भने, ‘यो एजेन्डालाई पनि मैले उच्च प्राथमिकता दिएको छु ।’
हाल इसुवा इनर्जी प्रा.लि.को अध्यक्ष रहेका विष्टले संखुवासभामा ४०.१ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरी रहनु भएको छ । यो आयोजनाको निर्माण कार्य झण्डै २० प्रतिशत पूरा भएको छ । उहाँले संखुवासभाकै क्यासकेड १० मेगावाट पनि निर्माण गर्दैहुनुहुन्छ । भिजन टेस्लाका अध्यक्ष समेत रहेका विष्टले संखुवासभामै इन्दुवाखोला (२४ मेगावाट) पनि अघि बढाइरहनुभएको छ । आईसीएफसी फाइनान्स लि.को संस्थापक सञ्चालकका रुपमा आठ वर्ष काम गरेका विष्ट कुमारी बैंकका संस्थापक लगानीकर्ता समेत हुनुहुन्छ ।
व्यवसायका अतिरिक्त समाजसेवा र साहित्यमा रुचि भएका विष्ट लायन्स ब्लड बैंक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका संस्थापक पनि हुनुहुन्छ । विष्ट केबीएनआर इसुवा लिमिटेड, जसले ९७ मेगावजाटको जलविद्युत् प्रवद्र्धन गरिहेको छ त्यसको पनि लगानीकर्ता हुनुहुन्छ । इप्पानमा राम्रो दक्षता, इमान्दारीता र अनुभव भएकाले बिष्टले जित्ने पक्का देखिन्छ ।

आइतवार, २८ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !