संखुवासभाको भोटखोला–२ च्याम्ताङकी श्रीमती फुपुलामा भोटेलाई च्याम्ताङ–काठमाडौ कल्याण समाजले आर्थिक सहयोग गरेको छ । भोटेको टाउँकोमा गम्भिर समस्या भई चावहिल मित्र पार्कमा अवस्थित दिर्घायुगुरु अस्पतालको सघन कक्षमा उपचार भईरहेकाले नीजलाई कल्याण समाजले एकलाख रुपैया सहयोग गरेको समाजसेवी पासाङ भोटेले जानकारी दिनुभयो । आर्थिक अवस्था कम्जोर भएका कारण सहयोग गरीएका उहाँले बताउनुभयो । बिरामीको सल्यक्रिया भएको र आर्थिक समस्या परेकाले नीजलाई समाजका सम्पूर्ण सदस्यबाट सहयोग स्वरुप एकलाख रुपैयाको चेक हस्तान्तरण गरीएको छ । च्याम्ताङ–काठमाडौ कल्याण समाजले यस अघि पनि बिपन्न आथिक अवस्था कम्जोर भएर स्वास्थ्य उपचार गरी रहेका बिरामीलाई सहयोग गर्दे आएको छ ।