नेपालमा भारतीय पर्यटकको सङ्ख्या बढाउन नेपाली व्यवसायी भारत प्रस्थान गरेका छन् । पूर्वी नेपालबाट पर्यटक आगमन बढाउने उद्देश्यले इलामेली पर्यटन व्यवसायीहरू भारत आज भारत प्रस्थान गरेका हुन् । व्यवसायीले पाँच दिनसम्म भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी र सिक्किमका विभिन्न स्थानमा पर्यटन सरोकारवालासँगको भेटघाट र छलफललाई प्राथमिकता दिने बताइएको छ ।

इलामका पर्यटन व्यवसायीको आयोजनामा इलामको पर्यटन प्रवर्द्धनका लागि २२ सदस्यीय टोली भारतको सिलगुडीसहित सिक्किममा त्यहाँका पर्यटन व्यवसायीको साझा संस्थाको कार्यक्रममा सहभागी हुने जनाइएको छ । भारतका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने इलामका पर्यटन व्यवसायी एवं होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले जानकारी दिए । उनका अनुसार इलामसँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका चलो इलाम कार्यक्रमको तय गरिएको छ । पर्यटन व्यवसायीले आजै झापाको बिर्तामोडमा इलाम–झापा मैत्री समाजका सदस्यहरूसँग भेटघाट गरी इलामको पर्यटन विकासबारे छलफल गरेको छ ।

होटल व्यवसायी संघ इलामका महासचिव प्रकाश चापागाईंले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । इलाम–झापा मैत्री समाजका अध्यक्ष तिलोत्तमा खत्रीले समाजसँग मिलेर अगाडि बढ्ने जानकारी दिए । इलाम नगरप्रमुख केदार थापाले पर्यटन प्रवर्द्धनका लागि ‘चलो इलाम’ कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । भ्रमण टोलीमा इलाम नगरप्रमुख थापासहित होटल व्यवसायी, पर्यटन व्यवसायीको सहभागिता रहेको छ । कार्यक्रममा भारतका उत्तरपूर्वी राज्यबाट इलाम आउने क्रम पनि बर्सेनि बढ्दै गएको जानकारी दिँदै अध्यक्ष पौडेलले नेपाली भाषीको बाहुल्य रहेको ती ठाउँ नेपालको धर्म संस्कृतिसँग पनि उत्तिकै मिल्ने भएकाले पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताए । खासगरी इलामको मार्ग भएर हिँड्ने सिक्किमका पर्यटकलाई लक्षित गरिएको उनको भनाइ छ ।

यही जेठ २८ गतेसम्म हुने प्रवर्द्धनात्मक भ्रमणमा भारतको सिलगुडी, सिक्किम, कालेङ्पुङलगायतका पर्यटकीयस्थलमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै नेपालको प्रचार गरिने जनाइएको छ । रासस

शुक्रबार, २६ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !