लुम्बिनीमा केबलकार सञ्चालन भएपछि बुटवलको पर्यटन विकासमा कोसेढुंगा साबित हुने विश्वास पर्यटन व्यवसायीहरुको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार पाल्पाको तिनाउ गाउँपालिका –३ वसन्तपुरमा बुटवलको गोलपार्कदेखि वसन्तपुर जोड्ने लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।
बुटवल बजारमा आर्थिक मन्दीको असरले व्यवसायीहरू विस्थापित भइरहेका बेला केबलकार सञ्चालनमा आएपछि बुटवलको चहलपहल बढ्ने उनीहरुको आशा छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बुटवल बजारमा चहलपहल बढाउन केबलकार सहयोगी हुने दावी गर्नुभयो ।
आर्थिक मन्दीको असरले व्यवसायीहरू विस्थापित भइरहेका बेला केबलकार सञ्चालनमा आएपछि बुटवलको चहलपहल बढ्ने उनीहरुको आशा छ ।
केबलकार सञ्चालकहरूले भारतका पर्यटकलाई लक्षित गरेर केबलकार निर्माण गरे पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटक पनि आउने बढी सम्भावना रहेको स्थानीय व्यवसायीको बुझाइ छ । यहाँ पर्यटकहरू घुम्न आउँदा यहाँको पर्यटन विकाससँगै अन्य व्यवसायमा पनि सघाउ पुग्ने देखिन्छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले लुम्बिनी केबलकार सञ्चालनमा आएसँगै बुटवल बजारमा चहलपहल बढ्ने विश्वास भएको बताउनुभयो । जेठ १५ देखि व्यावसायिक रूपमै सञ्चालनमा आएको केबलकारको सेवा लिएकाहरूले भने केबलकारको सुधार गर्नुपर्ने सुझाव दिएका छन् । केबलकार १५ गतेदेखि सञ्चालन भए पनि बुधबार औपचारिक रुपामा प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुभएको हो ।
स्थानीयहरुले भने केबलकारको टिकट महँगो भएको गुनसो गरेकाछन् । केबलकारको टिकट सुरुको केही दिन ७ सय ५० रुपैया तोकिए पनि ओहोरदोहोरका लागि प्रति यात्रु एक हजार शुल्क कायम गरिएको छ ।
केबलकारका परियोजना संयोजक गोकुल साउदले अन्तर्राष्ट्रिय रूपमै भइरहेको मूल्यवृद्धि र वर्तमान बजारको अवस्थालाई मध्यनजर गरेर मूल्य निर्धारण गरिएको तर्क गर्नुभयो । कोरोनाकाल र आर्थिक मन्दीबीच केबलकार निर्माण सम्पन्न भएकाले लागत तुलनात्मक रूपमा बढी रहेको उहाँको भनाइ छ ।
लुम्बिनी केबलकारमा विद्युत अनियमित हुँदा केबलकार सञ्चालनमा समस्या पर्ने देखिएको छ । बत्तीका कारण बेला–बेलामा सेवा अवरुद्ध हुँदैआएको छ । सेवा अवरुद्ध हुँदा केबलकारले चर्को आलोचना खेप्नुपरेको छ ।
केबलकार प्रालिको लक्ष्य भारतीय पर्यटक समेत भित्र्याउने रहेको छ । धार्मिक पर्यटकको संख्या बढाउने गरी सो क्षेत्रमा मन्दिर निर्माण गरिएको छ । केबलकारको टप स्टेसन रहेको पाल्पाका वसन्तपुर डाँडामा भारतको गुवाहाटीकै शैली र आकृतिमा कामाख्यादेवी मन्दिर निर्माण गरिएको छ । कामाख्यादेवीको दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ निर्माण गरिएको कामाख्या मन्दिरको माथि रहेको गजुर शक्तिको प्रतीकको रूपमा रहेको छ ।
बुटवलमा गर्मी बढेको बेला लुम्बिनी केबलकारको अन्तिम स्टेसन पाल्पाको वसन्तपुर शीतलताका लागि राम्रो गन्तव्य हुने देखिएको छ । बुटवलको तापक्रम र वसन्तपुरको तापक्रमबीच १० डिग्रीको तलमाथि पर्छ । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनमा पुग्न करिब १० मिनेटको समय लाग्ने केबलकार प्रालिले जनाएको छ । भारतीय सीमाबाट नजिक भएकाले गर्मी मौसममा शीतलताका लागि र जाडो मौसममा न्यानोका लागि भारतको गोरखपुर, लखनउसम्मका पर्यटक आकर्षित हुने प्रालिले विश्वास लिएको छ ।
केबलकारमा आइएमई गु्रपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी रहेको केबलकार परियोजनाका प्रमुख गोकुल साउदले जानकारी दिनुभयो ।
केबलकारको एक सातासम्मको सफल परीक्षणपछि १० दिनअघि गत जेठ १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

३ अर्ब रुपैयाँको लागतमा पहिलो चरणमा तयार हुन लागेको लुम्बिनी केबलकार परियोजनाभित्र रिसोर्टदेखि जीपलाईन चलाउनेसम्मका योजना छन् ।
केबलकारको २६ सय मिटरको दूरीमा ९ वटा टावर छन् । सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको करिब तीन किलोमिटरबीचमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगका लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ ।

बिहिबार, २५ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !