विश्व वातावरण दिवसको अवसर पारेर शेर्पा पर्यटन व्यवसायीले गरे सरसफाई अभियान
विश्व वातावरण दिवसको अवसर पारेर शेर्पा पर्यटन व्यवसायी संघ नेपालले तारेभीरमा हाइकिङ र सरसफाई अभियान गरेको छ । विश्व वातावरण दिवससंगै उनीहरुले तारेभीरमा हाइकिङ र सरसफाई अभियानको गरेको शेर्पा पर्यटन व्यवसायी संघ नेपालका महासचिव पासाङ शेर्पाले जानकारी दिनुभयो । विश्व पर्यटन दिवसको अवसरमा नेपालमा स्वस्थ वातावरण जोगाउन प्लास्टिक नियन्त्रण गर्न पदयात्रा र सरसफाई अभियानको आयोजना गरीएको अध्यक्ष संगम शेर्पाले बताउनुभयो । अभियानमा ५० भन्दा बढी शेर्पा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।
हाकिङ तथा सरसफाई अभियानको मुख्य उद्देश्य हिमालय र विश्वका पदयात्रा र पदयात्रा मार्गहरूमा प्लाष्टिकको फोहोर नियन्त्रण गर्नु रहेको थियो । उक्त अभियानबाट झण्डै ८० बोरा प्लास्टिक, क्यान, ट्रेसहरु संकलन गरीएको थियो ।
शेर्पा पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष संगम शेर्पाले आगामी दिनमा पनि वातावरण सफा गर्ने अन्य कार्यहरू गर्दै जाने जानकारी दिनुभयो । जलवायू परिवर्तनको असरले सम्पूर्ण मानव जीवनलाई सखाप बनाउने भन्दै यसकालागि बेलैमा सबै सचेत हुनु पर्ने शेर्पाको भनाई थियो । उहाँले सबै लागेर जलवायू न्यूनिकरणका उपायका बारे बहस र छलफल गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।