नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले हिम्लुङ हिमाल ७१२६ मिटर सफल आरोहण गर्ने बिद्यार्थीलाई आज सम्मानीत गरेको छ । प्रतिष्ठानमा अध्यनरत ब्याचलर अफ माउन्टेनियरिङ स्टडिज दोस्रो ब्याचका हिमाल आरोहण गर्ने ८ जना विद्यार्थीहरूलाई आज एक समारोहका बीच पर्यटन मन्त्री सुदन किराँतीले सम्मानित गर्नुभयो । हिमाल आरोहणकालागि गएका २३ जना बिद्यार्थी मध्य ८ जनाले हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान गरेका हुन् । ती विद्यार्थीहरुले गत जेठ १३ गते बिहान ९ः२० देखि १० बजेको बीचमा हिमलुङ हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । मन्त्री किराँतीले ८ जना विद्यार्थीहरूसंगै इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एशोसिएसनका तीन प्रशिक्षकहरूलाईसमेत सम्मानीत गर्नुभएको छ । कार्यक्रममा पर्यटन मन्त्री किराँतीले विद्यार्थीहरूले हिमलुङ हिमालको सफल आरोहण गरेकोमा निकै खुशी लागेको बताउनुभयो । पर्यटन क्षेत्रका ऐन कानूनमा सुधार गर्न आवश्यक रहेको बताउँदै त्यसको सुधारका लागि आफु लागेको पनि बताउनुभयो ।

पर्यटन देशको आर्थिक विकासको धेरै ठूलो खम्बा भएकाले यसको सम्बर्दन आवश्यक रहेको पनि बताउनुभयो । हिमाल नेपालीको चीनारी भएको भन्दै नेपालको पर्यटन नेपालीपनको हुनु पर्छ, विदेशी फोटोकपी होइन उहाँले भन्नुभयो । नेपालमा पर्यटन विश्वविद्यालय आवश्यक रहेको भन्दै बिश्व बिद्यालय आफ्नै पालामा बन्ने पनि बताउनुभयो ।
माउण्टेन एकेडेमीका अध्यक्ष उङ्दी छिरिङ शेर्पाले ८ जना विधार्थीहरुले गरेको यो आरोहण वल्र्ड रेकर्ड नै भएको दाबी गर्नुभयो । गिनिज वल्र्ड रेकर्डमा पनि नाम लेखाउने प्रक्रिया पनि अगाडि बढाएको उहाँको भनाई थियो ।

एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राईले हिमलुङ हिमालको सफलतापूर्वक आरोहण गरेका ८ विद्यार्थीहरू रोशनराज खत्री, सरोज लामिछाने, नवीन उप्रेती, बिधान भण्डारी, आशिह कडाकर, सौगात अधिकारी, सरोज तामाङ र कुशल रानाभाट भएको जानकारी दिनुयभयो । उहाँले तीन प्रशिक्षकहरू इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसनका लाम्बाबु शेर्पा, लाक्पा राङ्दु शेर्पा, छिरिङ जाङ्बु शेर्पा र क्लाइमिङ शेर्पाहरु फुर्वा गिल्जाङ शेर्पा, छेवाङ शेर्पा, आङगेलु शेर्पा, लक्पा तेन्जी शेर्पा, दावा गेल्जे शेर्पा रहेको पनि बताउनुभयो ।

उक्त आरोहणलाई हिमलुङ हिमाल माउन्टेनेरिङ रिसर्च एक्सपिडिसन बीएमएस एनएमए २०२३–१ नामक नाम दिइएको थियो । त्यस्तै, टोलीलाई खान बासको व्यवस्था पिक प्रमोसन प्रालिले

सोमवार, २२ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे