दोलखाका कृषकहरुको कीबी खेतीमा आकर्षण बढ्दै गएको छ । अन्य बाली भन्दा स्याहार सुसार कम गर्नु पर्ने र आम्दानी पनि बढी हुने भए पछि यहाँका कृषकहरुले किबी जोन क्षेत्र नै बनाउने भएकाछन् ।

सधै कोदो, फापर, जौ र गहुँबालीले ढाक्ने मृगे र झुले गाउँका कृषकहरुको टारबारीमा आजकाल यसरी किबीखेती देख्न सकीन्छ । गहुँ, कोदो र जौको उत्पादन खासै नहुने तर, बाजो राख्नु भन्दा लगाउनै पर्ने बाध्यतामा परेका यहाँका कृषकहरु अहिले लहलह किबीका बोट देख्दा दंग छन् । कृषकले लगाएका किबी यसरी ढकमक्क फूल्दा उनीहरुको मन पनि प्रफुल्लीत देखिन्छ । कृषकले लगाएका किबीमा फल लाग्न थालेको छ । लटरम्म फल्ने र बजारको पनि कुनै समस्या नपर्ने भएपछि उनीहरु यो खेतीमा आकर्षित भएका हुन् । त्यसो त नेपाल ग्रामीण पुननिर्माण संस्था आरआरएनको सहयोग पाएपछि यहाँका किबी कृषकहरुको कर्म पनि बदलिएको छ । किबीको नामै नसुनेका दुरदराजका कृषकहरुलाई आरआरएनले घरलौरी बिरुवा उपलब्ध गराएपछि यो क्षेत्रका कृषक अहिले किबी जोन क्षेत्र बनाउन लागी परेको कृषक हिराबहादुर तामाङले बताउनुभयो ।

माटो परिक्षण गरेपछि यो क्षेत्र किबी खेतीका लागि उपयुक्त देखिएको छ । किसानहरुले थाक्रा लगाएर किबी खेती गर्न थालेकाछन् । अत्यन्त दुर्गम क्षेत्र र तामाङ समुदायको बसोबास रहेको यो गाउँका कृषहरुको आर्थिक अवस्थामा पनि किबी खेतीले परिर्वतन गरीदिएको छ । गाउँमा कुन खेती गर्ने र कसरी गर्ने उनीहरुको सामूहिक बैठकले निर्णय गर्छ । सबैखाले खेती गर्नु भन्दा एउटै खेती गरेर नगदै आम्दानी गर्ने कृषक किरण तामाङको भनाई छ । उन्नत बीउबिजन र रैथाने बिउँ बिजनको संरक्षण गर्न र बेर्ना उत्पादन गर्न पनि आरआरएनले सिकाएपछि गाउँभरी अहिले किबीखेतीको बेर्नासमेत बिक्री गरीदै आएको छ । बाजो खेत र जग्गाजमिनमा पनि अहिले कृषकहरुले धमाधम किबी खेती गर्न थालेकाछन् ।

गाउँलाई सडक सञ्जालले जोडिएपछि यहाँ उत्पादन भएका किबीलाई सजिलैसंग बजारसम्म पु¥याउन सकीन्छ । खेती गर्न सजिलो र बिक्री गर्न पनि समस्या नहुँदा कृषकहरुको रोजाईमा यो खेती परेको हो । सरकारले पनि यहाँका कृषकहरुको किबी खेतीप्रतिको आकर्षणलाई बुझेर अनुदान उपलब्ध गराईदिने हो भने पक्कै पनि बाहिरबाट किबी फल आयाता रोकीने मात्र हैन निर्यात नै गर्न सकीने थियो ।

आइतवार, २१ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे