प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने बताएका छन । मङ्गलबार राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हाँसिल गर्ने उद्देश्य लिएको बताए । उनले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु सोचिएको पनि जानकारी दिए ।

‘‘प्रस्तुत नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हाँसिल गर्ने उद्देश्य लिएको छ । यस नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु सोचिएका छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘निश्चय पनि यस दस्ताबेजमा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता पनि दिइएको छ । त्यसकै आधारमा मात्रै यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत हुँदैन । किनभने यो नीति तथा कार्यक्रममा थुप्रै नयाँ कार्यक्रमहरु पनि समावेश गरिएका छन् । जो आजको देशको आवश्यकतासँग सम्बन्धित छ ।’’

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताए । विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधारमा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत नहुने जिकिर गरे । उनले नीति तथा कार्यक्रममा नयाँ योजनाहरु राखेको बताए । प्रधानमन्त्रीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यो नीति तथा कार्यक्रम तयार पार्दै गर्दा हामीले दुई वटा गठबन्धन म प्रधानमन्त्री भएपछि बने, पहिलो र दोस्रो गठबन्धन, पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भनेर घोषणा गरिएको थियो, दोस्रोले पहिलाको समेतलाई ध्यानमा राखेर अर्को तयार पारेको हो । यो नीति कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको हो । हामीले साझा नीति तथा कार्यक्रम सामूहिक रुपले निर्माण गर्‍यौँ ।’’

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरुको सन्तुलन मिलेको दाबी गरे ।

मङ्लबार, ९ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !