सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को निर्वाचन जति नजिकिदै छ त्यति नै अड्कलबाजी र नेतृत्वको रस्साकस्सी चर्कदै जान थालेको छ । नेपाली कांग्रेस निकट इञ्जिनियरहरुको छाता संगठनको रुपमा रहेको सिडेनको आगामी नेतृत्वका लागि अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी र चेतनाथ पाण्डेबीच प्रतिष्प्रर्धा हुने देखिएको छ ।

केसी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । इन्जिनियरहरुमाझ निकै बौद्धिक, सरल र मिजासीलो व्यक्तिको रुपमा चिनिएका उनी युवा भएका कारण र नेतृत्व गर्ने क्षमता भएका कारण पनि इन्जिनियरहरुको रोजाईमा परेका छन । यस्तै अर्का प्रत्याशी पाण्डे इन्जिनियरहरुका पुराना नेताको रुपमा चिनिए पनि कार्यशैलीका कारण विवादमा आइराख्नाले उनको नेतृत्व क्षमतामा प्रश्न चिन्ह उठाईदै आएको छ ।

यहि जेठ १३ गते हुन लागेको सिडेनको सातौ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा इञ्जिनीयर केसीले आफ्नो प्यानलसहित उम्मेदवारी दिने तयारी गरेको उनी निकटका इन्जिनियरहरुले जनाएका छन् । यता पाण्डेको तयारी भने अहिलेसम्म फितलो रहेको बुझीएको छ ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका केसी सिडेनका संस्थापकमध्ये एक हुन । संयुक्त राज्य अमेरिकाबाट इन्जिनियरिङ बिषयमा स्नातकोत्तर गरेका केसी देशभरका इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एशोसियशन (एनइए)का पूर्व केन्द्रीय सदस्य पनि हुन । वर्तमान कार्यकालमा अध्यक्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेलेका केसीले आगामी कार्यसमितिमा अध्यक्षमा निर्वाचित हुन कुनै कसर बाँकी नराखेको उनको सचिवालयले जनाएको छ ।

केसीका प्रतिष्पर्धी पाण्डेको कार्यशैलीप्रति अधिकांश इन्जिनियरहरु रुष्ट हुदा त्यसको फाइदा पनि केसीलाई नै हुने देखिन्छ । पाण्डेले चुनाव नजिकिदै गर्दा पनि तयारी थाल्न सकेका छैनन । जसका कारण उनी निकटका इन्जिनियरहरु केसीको पक्षमा खुल्न थालेको बताइएको छ ।

सोमवार, ८ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा