मकवानपुर जिल्ला बालबालिका बालश्रम तथा बाल विवाहबाट प्रभावित हुने दर बढ्दो रहेको पाइएको छ । जिल्लाको को ३ वटा स्थानीय तहमा मात्रै सन् २०२३ मा ७१ जना बालबालिकाहरु बालश्रम तथा बाल विवाहबाट प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये अन्य ७ वटा स्थानीय तहले यसबारे तथ्यांक संकलन गरेको पाइएको छैन ।

जिल्लाको मनहरी, कैलाश र राक्सीराङ् गाउँपालिका बिच बालश्रम न्युनिकरणलगायत बालबालिकाको सवालमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

सिविन बालहेल्पलाइन १०९८ को तथ्यांक अनुसार मनहरी गाउँपालिकामा बालविवाह, बालश्रम लगायतका घटनाहरु सन २०२२ मा बालक २९ जना र बालिका २१ जना गरि जम्मा ५० जना रहेको बताइएको छ । यसैगरी कैलाश गाउँपालिकामा १० बालिका सहित १७ जना, राक्सीराङ गाउँपालिकामा बालक ३ जना र १ जा बालिका गरी ४ जना बालबालिकाहरु बालश्रम तथा बाल विवाहबाट प्रभावित रहेको पाइएको हो ।

त्यसरी बालहेल्पलाइनको रेकर्डअनुसार सन् २०२३ को जनवरीदेखि हालसम्म मनहरीमा बालक ९ जना र बालिका ७ जना गरि जम्मा १६ जना, कैलाश गाउँपालिकामा बालक ३ जना र बालिका २ जना गरि जम्मा ५ जना, राक्सीराङ् गाउँपालिका बालक ३ जना र बालिका २ जना गरि जम्मा ५ जना रहेको बताइएको छ । ५ महिनाको बिचमा नै प्रभावित हुने बालबालिकाको संङ्ख्या २६ जना रहनु उल्लेख्य भएको सरोकारवालाहरुको भनाइ छ ।
यसैबीच बालबालिको समस्याको समाधान गर्न मकवानपुरका तीन वटा स्थानीय तहहरुबिच समन्वय बैठक बसेको छ ।

तीन वटा गाउँपालिकाका जनप्रतिनिधी, बालअधिकार समितिका पदाधिकारी, विभिन्न शाखाका प्रमुख, बालसमुहका सदस्य गरि २७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमा बाल बालिका सम्बन्धि ऐन २०७५ भएका प्रावधान, बालअधिकार समितिको गठन प्रकृया, क्रियाशिलता, बाल कल्याण अधिकारको नियुक्ति, बालश्रम, बालविवाह,बालबालिकाको ओसार पसार, लागुपदार्थको प्रयोग एवं ओसारपसार, बालसमुह गठन तथा क्रियाशिलता र प्रशिक्षणलगायतका विषयमा बालहेल्पलाइन १०९८ का प्रबन्धक झबिन्द्र ज्ञवालीको सहजीकरणमा छलफल गरिएको हो ।

कार्यक्रममा कैलाश गाउँपालिका, राक्सीराङ् गाउँपालिका र मनहरी गाउँपालिकाका बालबालिका एक अर्का गाउँपालिकामा बालश्रम गर्ने, बालविवाह गर्ने तथा अन्य समस्याहरु अन्तर सम्बन्धित भइ आउने घटनाको विवरणहरु बालहेल्पलाइनबाट प्रस्तुत गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले बालिकाहरुको समस्या समाधान गर्न पालिकाहरु बिच समन्वय सहकार्य गर्नुपर्ने र आगामी दिनमा गाउँपालिकाले कार्यक्रम निति तथा बजेटको लागि सुझाव दिन अनुरोध गर्दे आगामी दिनमा यस्ता समन्वयतात्मक बैठकको आयोजन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । त्यसैगरि राक्सीराङ् गाउँपालिक वार्ड न ८ का वार्ड अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक यसु प्रजाले राक्सीराङ् गाउँपालिकामा बालश्रम, बालविवाह लगायतका समस्याहरु रहेको र गाउँपालिकामा यस विषयमा ब्यापक छलफल गरि समधान तर्फ जान गाउँपालिका प्रतिवद्ध रहेको बताए ।

त्यसै गरि कैलाश गाउँपालिका बालमैत्री सम्पर्क ब्यक्ति हस्त नेगीले कैलाश गाउँपालिका बालमैत्री अभियानमा अगाडि बढेको तर बालविवाहको समस्या सबैभन्दा बढि चुनौतिपूर्ण रहेको बताए । सिविन नेपालको आयोजना तथा मनहरी गाउँपालकाको समन्वयमा भएको मनहरी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारीले बताइन् ।

बिहिबार, ४ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत