नवलपुरमा बालबालिका र किशोरीसँग सम्बन्धित किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ । किशोरीहरूका लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले करिब पाँच करोड रुपैयाँको लागतमा अध्ययन केन्द्र निर्माण भइरहेको हो ।

नवलपुरको देवचुली नगरपालिका– १० पृथ्वीनगरमा सुविधा सम्पन्न किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ । बालबालिका र किशोरीसँग सम्बन्धित नेपालसहित विश्वका देशहरूमा भएका नीति, कानून, वृत्तचित्र, भए गरेका काम, किशोरीहरूको गतिविधि, पुस्तक र सूचना लगायतका बारेमा एकै ठाउँबाट जानकारी प्राप्त हुने गरी किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको हो ।

किशोरीका लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले करिब पाँच करोड रुपैयाँको लागतमा अध्ययन केन्द्र निर्माण भइरहेको हो । किशोरीसँग सम्वन्धित विषयवस्तुहरुको एकै स्थानबाट सूचना संकलन गर्ने तथा सिक्ने थलोका रुपमा विकास गर्ने अवधारण लिएर जिल्लामै पहिलोपटक किशोरीमैत्री अध्ययन केन्द्र निर्माण थालिएको हो ।

किशोरीमैत्री अध्ययन केन्द्रमा प्रविधियुक्त हल स्थापना गरी बालबालिका र किशोरीहरूलाई आवश्यक ज्ञान सीप प्रदान गरिने जागृति बाल तथा युवा सरोकार नेपालले जनाएको छ । बालमैत्रीका साथै किशोरीमैत्री अध्ययन केन्द्रको पनि आवश्यकता औल्याउँदै जिल्लाका किशोरीहरु एकजुट भएर केन्द्रको माग गरेका थिए । यसै अनुरुप जिल्लामा अध्ययन केन्द्र बन्ने भएपछि यहाँका किशोरीका साथै जुनसुकै स्थानका किशोरीका लागि पनि खुला रहनेछ ।

जागृति बाल तथा युवा सरोकार नेपालको आफ्नै जग्गामा दुई कठ्ठा क्षेत्रफलमा निर्माणाधीन अध्ययन केन्द्रको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । जिल्लामा किशोरीमैत्री अध्ययन केन्द्र बन्ने भएपछि यहाँका किशोरीहरु उत्साहित भएका छन् । बालबालिकाहरुका लागि तालिम, आवश्यक स्रोत साधन, किशोरी सम्बन्धी थाहा नभएका कुराहरु पनि सिक्ने अवसर प्राप्त हुने उनीहरुको अपेक्षा छ ।

एकै ठाउँबाट बालबालिका र किशोरीहरूको बारेमा जानकारी दिने, उनीहरूका लागि आवश्यक पर्ने सानादेखि ठूला स्तरका तालिम सञ्चालन गर्ने, इ–लाइब्रेरी, प्रविधियुक्त सुविधा सम्पन्न हल लगायतका संरचना निर्माण भइरहेको छ । यो अध्ययन केन्द्रले किशोरी सशक्तीकरणमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

बुधबार, ३ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा