स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३औँ पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका -४ मुदीस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालिको सपना पनि अधुरो भयो ।

सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एक महिना अघि आधार शिविर पुगेका थिए । आधार शिविरमा रोकिएका कार्लोस मौसममा सुधार आएसँगै केही दिन अघि ७ हजार दुई सय मिटर उचाइमा रहेको तेस्रो क्याम्पमा पुगेका थिए।

‘‘कार्लोस सोरिया तेस्रो क्याम्पबाट शिखर चढ्दै थिए, अचानक उनको खुट्टा मर्कियो,’’ सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँले भने,‘‘ कार्लोसको धौलागिरि आरोहण गर्ने १३औँ पटकको प्रयास सफल हुनसकेन । उनी आधार शिविरबाट ओर्लिँदैछन । त्यहाँबाट हेलिकप्टरबाट काठमाण्डौं ल्याउने तयारी गरेका छौँ ।’’

गत वर्ष १२ औँ पटकको प्रयासमा पनि कार्लोस ७ हजार मिटरको उचाइमा पुगेर फर्किएका थिए । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसको दुई दशक यता १३औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुनसकेन ।

सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस यसपटक फेरी धौलागिरि आरोहण गर्न लागेका थिए । कार्लोसको आरोहण दलको नेतृत्व मिङतेम्बा शेर्पाले गरेका थिए ।

सेभेन समिटका तर्फबाट यो सिजनमा २५ जना विदेशी आरोहीले धौलागिरिको आरोहण गर्न लागेका छन् । मंगलबार मात्र दुई जना पोल्याण्डका आरोहीले धौलागिरिको सफल आरोहण गरेका छन् ।

सेभेन समिट लगायत इलाइट र पाइनर एडभेन्चरको व्यवस्थापनमा आरोहीहरू धौलागिरि आरोहणका लागि पुगेका छन् । उनीहरू ७ हजार दुई सय तीस मिटर उचाइमा रहेको तेस्रो क्याम्पमा पुगेका छन् ।

अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरूको अनुभव छ । यस सिजनमा २४ पुरुष र ११ जना महिला गरी ३५ जनाले आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

बुधबार, ३ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !