file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन।

मङ्गलवार सङ्घीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले आफूले मन्त्रीको रूपमा यस्तो अनुभूति गरेको बताए। मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नुपरेको गुनासो समेत गरे । पर्यटन क्षेत्रमा धैर ऐन बदल्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सङ्घीय संसद् र सांसदहरूलाई उनको आग्रह छ ।

उनले भने, ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमीमात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेसको मान्छेमात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा धेरै ऐन बदल्नु छ । संसदमा सांसदहरूले बोलिदिनुपर्‍यो । अनिमात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ ।’

मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषदबाट पास गराएर संसदमा पेस गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए ।

मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थल आवश्यक नभएको तर्क पनि गरे ।

मङ्लबार, २ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !