म्याग्दीमा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। कर्णाली जलश्रोत लिमिटेडले म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने स्यानो खोलामा निर्माण प्रस्ताव गरिएको छ ।आयोजना सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ ।

विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै सरोकारवाला निकायहरुलाइ ३५ दिनभित्र लिखित रायरसुझाव पेस गर्न आग्रह गरेको छ ।

यो नदी प्रवाहमा आधारित (क्यासकेड) आयोजना हो । यसको डिजाइन बहाव २.३५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड २४५.९५ मिटर रहनेछ । आयोजनाको वार्षिक सरदर २८.२० गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाको मुख्य संरचनाहरु स्याने खोलाको दायाँ किनारमा पर्दछन् । विद्युत उत्पादनका लागि स्याने खोला जलविद्युत आयोजनामा दुई वटा (२.५१० मेगावाट) को होरिजेन्टल अक्सीस पेल्टोन टरबाइनमा प्रयोग हुनेछ । ३१८६.० मिटर हेडरेस पाइप हुनेछ ।

उत्पादित विद्युतलाई २० किलोमिटर ३३ केभी प्रसारणलाइनमार्फत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ ।

 

मङ्लबार, २ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !