आइतबार साँझ आएको हावाहुरीका कारण धनुषाको आँपबालीमा ठूलो क्षति भएको छ । हावाहुरीका कारण रुखबाट आँप झरेपछि क्षति भएको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले गए राति आएको हावाहुरीले जिल्लाको सबैजसो स्थानको आँपबालीमा क्षति पुगेको बताए ।

क्षति विवरण सङ्कलन कार्य भइरहेको र फलेको करिब २५ प्रतिशत आँप नष्ट भएको उहाँले जानकारी दिए । हावाहुरीले कतै फल मात्रै झरेको छ भने कतै हाँगा समेत भाँचिएको उनले बताए ।

पाक्ने बेलामा हावाहुरीले आँपमा ठूलो क्षति गरेको भन्दै कृषकहरू चिन्तित बनेका छन् । आँप क्षतिबाट वर्षभरिलाई पुग्ने आय चौपट भएको मिथिला नगरपालिका –३, विश्रामपुरका किसान रामलखन महतोले बताउनुभयो । उनले आँपलगायत लिची र मकैबालीमा समेत हावाहुरीले असर पुगेको जानकारी दिए ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमले हावाहुरीले आँपबालीलगायत खरले छाएको घर तथा जस्तापाताको घरमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

सोमवार, १ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई