सगरमाथा आरोहण खुलेको पहिलो दिन पाँच शेर्पासहित १० जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। इमेजिन नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनबाट आरोहणमा गएका १० जनाले आइतबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्।

विदेशी आरोहीमध्ये यस सिजनमा पहिलो आरोहण पाकिस्तानकी नैला कैनीले गरेको इमेजिन नेपालले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले आरोहण खुलेसँगै आरोहीहरू सगरमाथाको हिलारी स्टेप, साउथकोल आसपास पुगिसकेकाले सोमबार बिहानसम्म थप आरोही चुचुरोमा पुग्ने बताए। उनले भने, “इमेजिन नेपालबाट आरोहणमा गएका पाँच आरोही र पाँच जना शेर्पाले आइतबार आरोहण पुरा गरेका छन्। अन्य कम्पनीमार्फत आरोहणमा गएका आरोहीसमेत चुचुरोतर्फको यात्रामा छन्।”

पहिलो आरोहण पुरा गर्नेमा पाकिस्तान, बेलायत, हङ्गेरी, अमेरिका र चीनका एक–एक जना रहेको उनले बताए। जारी सिजनको सगरमाथा आरोहण शनिबारदेखि सुरु भएको हो। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि शनिबारदेखि आरोहणको ढोका खुलेको हो।

पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका छन्। आरोहण सुरु भएसँगै पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण सगरमाथा क्षेत्रको आकाशमा बादल जम्मा हुन थालेको छ। इमेजिन नेपालका कार्यकारी निर्देशक शेर्पाले सगरमाथा क्षेत्रमा हावाको गति अनुकूल रहे पनि बादल भित्रिने क्रम सुरु भएकोले मौसमले आरोहणमा कति साथ दिन्छ भन्ने यकिन छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित मोखा चक्रवातको प्रभावले नेपालको आरोहण क्षेत्रमा असर नहुने जनाइएको छ। अमेरिकी महिला आरोही जेसिका रे वेडेल पाठेघरको क्यान्सर रोगलाई परास्त गर्ने पहिलो सगरमाथा आरोही बनेका छन । उनी पाठेघरको क्यान्सरबारे जनचेतना जगाउन सगरमाथा आरोहणमा गएकी थिईन।

त्यस्तै नेपाली पथप्रदर्शक ४६ वर्षीय पासाङ दावा शेर्पाले सगरमाथाको २६औँ पटक आरोहण गरेका छन । उनी २६ पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति बन्नुभएका छन। पर्यटन विभागका अनुसार २६औँ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान बनाएका थिए। कामी रिता शेर्पा पनि सगरमाथा आरोहण क्रममा रहेकाले उनले यस पटक २७औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाउने सम्भावना छ।

सोमवार, १ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !