प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटल मार्केट्सले एकीकृत कारोबार सुरु गरेको छ । सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्रभु क्यापिटलमा गाभेर प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु गरिएको हो । आज प्रभु क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबाट एकीकृत कारोबारको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले गरे ।

प्रभु क्यापिटलका अध्यक्ष एलपि भानु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सेञ्चुरी क्यापिटल मार्केट्सका अध्यक्ष अनुपमा श्रेष्ठ मानन्धर, नेपाल मर्चेन बैँक एसोसियसनका अध्यक्ष विजयलाल श्रेष्ठ लगायतको उपस्थिति रहेका थियो । मन्तव्य राख्दै उनीहरुले कार्य विस्तार र चुस्त सेवा प्रवाहका लागि शुभकामना दिए ।

माउ संस्था (प्रभु बैंकले र सेञ्चुरी बैंक) एक आपसमा मर्ज भएपछि प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई सेयर स्वाप अनुपात १ः१ रेसियोमा प्राप्ति गरेको हो । बैशाख ९ गते छुट्टाछुट्टै विशेष साधारण सभाले प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने प्रस्ताव पारित गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २६ गते सेञ्चुरी क्यापिटलको चल अचल सम्पत्ति सकार्न प्रभुलाई अनुमति प्रदान गरेको थियो ।

सेञ्चुरी क्यापिटललाई गाभेपछि मर्चेन्ट बैंकमा पूँजीका हिसावले सबैभन्दा ठूलो क्यापिटल बन्नेछ । सेञ्चुरी गाभिएपछि प्रभु क्यापिटलको चुक्ता पूँजी १ अर्ब २० करोड पुगेको छ ।

सोमवार, १ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे