म्याग्दीका विभिन्न ठाउँमा आज परेको असिनापानीले खेतीबाली नष्ट भएपछि कृषक निराश भएका छन् ।

मालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा असिनाले आलु, मकै, सुन्तला जात फलफूल र टिम्मुर बालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश भएका हुन् । मालिकाको पन्थोक, मगरदाङ, जुग्जा, रुन्मा, रघुगङ्गाको मौवाफाँट, मङ्गलाको कुहुँ, अन्नपूर्णको टिकोटमा हावाहुरीसहितको असिना परेको थियो ।

हुर्कँदै गरेका मकै र आलुका बिरुवा असिनाले चुटेर क्षति गरेको मालिका गाउँपालिका–५ पन्थोकको भीम माविका प्रअ डम्बरबहादुर घर्तिमगरले जानकारी दिए । सुन्तला, कागती र टिम्मुरका बटिला असिनाले झारेको छ । ब्याडमा हुर्कँदै गरेको धानका बेर्नालाई पनि असिनाले चुटेको छ । पन्थोक क्षेत्रमा परेको असिना तीन घन्टासम्म जमेको थियो ।

मकै म्याग्दीको प्रमुख खाद्यबाली हो । आलु र सुन्तला म्याग्दीबाट निकासी हुने मुख्य कृषि उपज हुन् । यसपालि हिउँ र बर्सात नहुँदा जौ, गहुँ, उवा, तोरी, केराउलगायत हिउँदेबालीको उत्पादनमा असर परेको छ ।

क्षतिको पूर्ण विवरण आई नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकहरुलाई क्षतिको विवरण सङ्कलनका लागि परिचालन गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताए ।

सोमवार, १ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे