file photo

बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा साहसिक खेल मानिने ‘स्काई साइक्लिङ’ सुरु भएको छ । स्काई साइक्लिङ गर्नेहरू ७५ मिटर लम्बाई र ३२ फुट उचाइमा रहेको एउटा टावरबाट अर्को टावरमा करिब तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन् ।

मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का अध्यक्ष खेमप्रसाद लुइँटेलले अङ्ग्रेज सेनालाई नेपाली फौजले परास्त गरेको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको ऐतिहासिक क्षेत्र मणिमुकुन्द उद्यान (फूलबारी) मा साइक्लिङको सेवा शुभारम्भले बुटवलको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै, मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का प्रमुख कार्यकारी अधिकृत अनन्तराम सिलवालले अबको १० दिनसम्म परीक्षणका रूपमा सेवा सुरु गरिएको बताउदै खासगरी आन्तरिक तथा भारतीय पर्यटक साइक्लिङका लागि आउने विश्वास व्यक्त गरे। उनले साइक्लिङका लागि प्रति व्यक्ति तीन सय रुपियाँ लाग्ने बताउँदै एक पटकमा दुई जनाले साइक्लिङ गर्न सक्ने जानकारी दिए ।

करिब ३५ लाख रुपियाँ लगानी गरी सेवा शुभारम्भ भएको हो । प्रमुख कार्यकारी अधिकृत सिलवालले स्काई साइक्लिङ जोखिमको रुपमा समेत लिइने भएकोले दिर्घरोगी तथा मुटुका रोगीले भने साइक्लिङ गर्दा विचार पुर्‍याउनुपर्ने बताए ।

विक्रम संवत् १५७५ मा निर्मित सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबारको भग्नावशेष फूलबारी घुम्न आउने पर्यटकहरूको मुख्य आकर्षण बनेको छ ।

१२ बिघा क्षेत्रफलमा फैलिएको मणिमुकुन्द सेन उद्यान भित्र पशुपन्छी संरक्षणका लागि चिडियाखाना रहेको छ । चिडियाखानामा नीलगाई, खरायो, चितुवा, सारस, मयुर, बाज, स्याल, अजिङ्गर, मुसा, हरिण, भालु, बाँदर, हुँडार, जापानीज कुखुरा लगायतका पशुपन्छीहरू राखिएको छ ।

सोमवार, १ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे