संखुवासभाको चैनपुरमा लाग्ने साप्ताहिक बजारमा सक्खरको ब्यापार बढेको छ । पहाडी क्षेत्रमा बजार फैलिँदै गएपछि साप्ताहिक रूपमा लाग्दै आएका हाटबजार अचेल उतिसारो मनमोहक देखिँदैनन् । बजार भर्नेहरू पनि पहिले भन्दा कम नै देखिन्छन् ।

पहाडी भेगमा यातायात विस्तारले पनि मानिस पातलिन थालेका छन् । हिजोआज यस्ता हाटबजार चलन हराउँदै गएको छ । मानिस सुविधाभोगी भएर पनि होला पूर्वी पहाडी भेगका ग्रामीण भेग रित्तिदै जाँदा बजार पातलिदै गएका हुन् ।

पहाडी भेगमा विशेष गरेर दुर्गममा दैनिक उपभोग्य वस्तु लगायतको सेवा प्रभावकारी नहुँदा साप्ताहिक हाट लाग्ने गर्छन् । पहिले पहिले सर्वसाधारणसँग आर्थिक अभाव पनि हुने र बजारसम्म पुग्न स्रोतसाधन नहुँदा साप्ताहिक हाटमै आवश्यकीय सामग्री खरिद गर्ने गरिन्थ्यो ।

तर, अहिले घर–घरमै दैनिक उपभोग्य वस्तु पुग्न थालेपछि साप्ताहिक हाटको महत्व हराउँदै गएको छ । चैनपुरमा लाग्ने साप्ताहिक बजारले अझै पनि यसको महत्व दर्शाउँदै गएको छ ।

बजारमा पहिले जस्तो भीडभाड हुन छाडेको छ । उल्लेखनीय मात्रामा बजारमा ग्राहक देखिँदैनन् । बजारमा स्थानीय क्षेत्रमा उत्पादन भएका कृषि सामग्री बिक्री गर्न राखिएको छ ।

कृषि सामग्रीले बजारीकरण नपाउँदा कृषकहरू मारमा पर्ने गरेका छन् । पहिले–पहिले जस्तो सामग्री बिक्री हुन छाडेको स्थानीय व्यापारीहरूले बताउन थालेका छन् ।

बजारमा बेच्न राखिएको सख्खर कुवापानी र राउत गाउँ लगायतका ठाउँबाट उत्पादित उखुबाट हुने गर्छ । सख्खर पुर्वी तराईका जिल्ला मोरङ, सुनसरी र झापासम्म बिक्री वितरण हुने गरेको व्यापारी बताउँछन् ।

भारतबाट आउने चिनीभन्दा देशमै उत्पादित सखरले शरीरमा लाग्ने विभिन्न रोग निको पार्ने विश्वास रहेको छ । सखरले स्वास्थ्यका लागि पनि फाइदा गर्छ ।

सख्खरलाई प्याकेजीङ गरेर सके देशभरि पु¥याउन किसानहरू लाभान्वित हुने उनको ती व्यापारीको भनाइ छ । देशमा रोजगारी बढाइ आम्दानी गर्न सकिने वातावरण बन्ने व्यापारीहरूको विश्वास छ ।

पहाडी क्षेत्रमा जनसंख्या चाप घट्दै जाँदा बजारमा मानिस देखिन छाडेका छन् । सातामा एक दिन किनेर साताभरिलाई जोहो गर्नुपर्ने बाध्यताले मानिसहरू आए पनि उनीहरूका मुहारमा उत्साह देखिदैन् ।

आइतवार, ३१ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा