नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ ।

पार्टी पदाधिकारीले पूर्व गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्यलाई निलम्बनका लागि दबाब दिँदा ‘पक्राउ पर्दैमा अपराधी भन्न नमिल्ने’ जवाफ दिएका देउवामाथि भातृ संगठनले दबाब सुरु गरेको हो ।

आइतबार नेविसंघ त्रिचन्द्र क्याम्पस एकाइले कैदीको पोसाकमा सडकमै प्रदर्शन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविनका लागि सबै तह र तप्काबाट सहयोग गर्नुपर्ने धारणा राखेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडौँ ठगी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणविरुद्ध नै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

नेविसंघ त्रिचन्द्रले सभापति देउवालाई तत्काल खाँणलाई पार्टीबाट निलम्बन गरी अनुसन्धानमा सहयोगका लागि पनि आग्रह गरेको हो । प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले भ्रष्टाचार विरोधी प्लेकार्ड बोकेका थिए ।

आइतवार, ३१ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे