दोलखाको तामाकोशी गाउँपालिका हो यो । हेर्दे रहर लाग्दो लह लह हरियाली तरकारीबाली । उराठीलो मरुभूमि झै देखिने जमिनमा कसरी हरियाली सम्भव भयो ? तामाकोशीको झुले गाउँ यसरी हरियालीमा परिणत होला भन्ने यहाँका बुढापाकालाई पनि विश्वास थिएन् । तर, सुख्खा यो ठाउँ यसरी हरियालीमा परिणत हुँदा यहाँका तरकारी कृषकहरु पनि दंग देखिन्छन् ।

त्यसो त नेपाल ग्रामिण पुनर्निमाण संस्था आरआरएनले यहाँका कृषकरुको कृषि कर्ममा धेरै सघाएपछि उनीहरुको दैनिकी पनि बदलीएको हो ।
त्यसो त गाउँका बारीका पाटाभरी रायोको साग उब्जनी गर्न पनि आरआरएनले नै सिकाएको उनीहरुको भनाई छ । घर अगाडीको जुठेल्नोमा सिमित भएको तरकारीखेती यसरी घर तल तलका बारीका पाटासम्म पुगेको छ ।

साग टिप्न भ्याई नभ्याई हुन्छ उनीहरुलाई । बजारसम्म नपु¥याउदै बिकीसक्छ । बाकी करेसाबारीमा रहेको सागबाट गुन्द्रुक बनाएर बेच्न पाउँदा उत्पादन गरेको बस्तु खेर नजाने र थप आम्दानी गर्न पाउँदा उनीहरु दंग नै देखिन्छन् । यति खेर उनीहरुलाई सीमी, बोडी, भिन्डी, गट्टा, काक्रा र फर्सी टिप्न भ्याईनभ्याई छ । सडक सञ्जालले जोडिएपछि बारीमै किन्न आईपुग्दा उनीहरुको आयआर्जनको गतिलो बाटो बनेको छ ।

गाउँका कृषकहरुकालागि आरआरएनले बितरण गरेको बिउ आलु झुले गाउँका कृषकको खेतबारीमा लहलह हुँदा कृषकको मन कम्ति प्रफुल्लीत छैन् । मेहनत र पसीना आफ्नै बारीमा बगाउन सके मनग्य आम्दानी हुने भन्दै अहिले पदमकुमारी र हिराबहादुर तामाङको जोडीलाई यहि आलुखेतीले खुशी दिएको छ । टर्नेलभित्र सुरक्षित रुपमा नर्सरी राखिएको छ ।

कोभि, खोर्सानी, टमाटर कीबीलगायतका बिरुवा बिक्री हुँदा थप आम्दानी त भएकै छ ,बेर्नाले छिमेकीहरुलाई पनि तरकारी खेती गर्न सीकाएको छ । बिहान बेलुकी घरमै सागसब्जी टिप्न पाउँदा र यसरी ताजा आलु उखेल्न पाउँदा आम्दानी र बचतले उनीहरुको जीवनस्तर बदलिएको छ ।

उन्नत बीउबिजन र रैथाने बिउँ बिजनको संरक्षण गर्न पनि अहिले कृषकहरुले सीकी सकेकाछन् । गाउँमै बिउबिजन केन्द्र खोलिए पछि तरकारी कृषकहरुलाई सजिलो भएको छ । उत्पादन भएको बिउबिजन गाउँमै बिक्रि पनि हुने र रैथाने बिउको संरक्षण पनि हुने । जसले गर्दा गाउँलाई कृषिमा आफै आत्म निर्भर हुन सिकाएको मात्र छैन, यसले सबै कृषकहरुमा अनुभव आदानप्रदान, आयआर्जन, सिप बिकास, आत्मर्निभर, मेलमिलाप र एकताको सन्देश पनि दिएको छ ।

तामाकोशी गाउँपालिका–२ को झुले गाउँमा गठन भएको लालिगुराँस आमासमूहको सकृयता कृषि र पशुपालनमा उत्तिकै छ । यहि समुहकी सदस्य जमुना तामाङलाई गोठभरी थलामा भएका गाईबस्तुको स्याहार सुसार गर्न भ्याईनम्याई देखिन्छ । थला भरी गाईबस्तु, पाडापाडी, बाख्रा,खसीभएपछि सधै काम नभएर बरालिने उन्का श्रीमान शुभराज तामाङको दत्तचित्त पनि यसैमा छ ।

ग्रामीण पुनर्निमार्ण संस्था आरआरनले अनुदानमा दिएका यी गाईको दुध दुनु र दुध डेरीसम्म पु¥याएर आय आर्जनको भरपर्दो बाटो उन्ले पहिल्याएकाछन् । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भन्ने उखानलाई यी शुभराजले चरितार्थ गरी दिएकाछन् । एक माउँगाई किन्न र पाल्न नसकेका उन्कालागि ६ –६ माउँगाई आफ्नो गोठमा यसरी पाल्न पाउनु सपना जस्तै थियो । ६ माउँ गाईको दूःध दुहुनु र डेरीसम्म पु¥याउदा उन्को अािर्थक आय आर्जनमा तेब्बरले बृद्धि भएको छ । घर अगाडीको करेसाबारीभरी लगाएको सागसब्जी, लसुन, प्याज लहलह छन् । केराउ, किबी र अन्य तरकारीबालीमा लगाउनकोलागि रासयनीक र युरीयामल उन्ले किन्न छाडेकाछन् । घरमै तयार भएको गाईबस्तुको मलमुत्रसंकलन गरेर हालेको मलबाट उन्ले माटोको उर्वराशक्ति मात्र बढाएका छैनन, उत्पादनमा तेब्बर बृद्धि गरेकाछन् ।

गाईपालक कृषकहरुलाई लक्षीत गरेर आरआरएनले गाउँको शिरानमा दुग्ध संकलन केन्द्रसमेत खोलिदिएपछि कृषकहरु बढी उत्साहित भएकाहुन् । गाउँकै पाइक पर्ने ठाउँ खरिढुंगामा संकलन केन्द्र खोलेपछि कृषकहरुले पहिलाको जस्तो दुःध बिक्रि नभए हैरानी खेप्नु परेको छैन् । उनीहरुले उत्पादन गरेको दुःध डेरीले कीनीदिने भएपछि गाउँभरिकका गाईपालक कृषकहरुलाई यसले गाईपालनमा उर्जा दिएको छ ।

गाईपालनबाट दुःधबेचेर र तरकारीबालीको आम्दानीबाट अहिले उन्ले आफ्ना छोराछोरीलाई काठमाडौको राम्रो कलेजमा पढाई रहेकाछन् । यसकारण पनि गाईपालनबाट राम्रो आय आर्जन हुँदा परिवारीक शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि परिर्वतन ल्याएको छ । किनभने आम्दानी नहुँदा छोराछोरीलाई काठमाडौसम्म पु¥याएर पढाउन सकीने अवस्था उन्को थिएन् । अहिले उन्ले घरखर्च कटाएर मासिक ३५ हजार रुपैया भन्दा बढी बचत गर्न थालेकाछन् । त्यसो त आरआरएनले पशुुपालक कृषककालागि गाई, बाख्रामात्र अनुदान दिएको छैन । अनुदानमा दिएका गाईबाख्रा बिरामी हुँदा स्वास्थ्य उपचार गर्नेकोलागि भेटनरी अर्थात औषधि उपचारको पनि व्यवस्था मिलाएको छ ।

पशुपालक कृषककालागि गोठ सुधार कार्यक्रम पनि निकै फलदायी भएको छ । अझ बाख्रापालक कृषककालागि त गोठ सुधार बरादन नै भएको देखिन्छ । एउटै खोरमा जथाभावि बाख्रा राख्दा मलमुत्रले हिलाम्मे हुने, ठुलोले सानोलाई हान्दा बाख्रा तुहाँउने, पाठापाठी जिङ्ग्राउने फोहोर हुदाँ उपिया जुम्रा पर्ने समस्याले कृषकहरु हैरान भएका थिए । तर, अहिले त्यो समस्या छैन । नेपाल ग्रामीण पुनर्निमार्ण संस्था आरआरएनको अनुदानमा बाख्रापालक कृषकहरुले बाख्राको खोर सुधार्न पाउँदा निकै फाईदा भएको महशुस गरेकाछन् । बाख्राको खोर पनि टिलीक्क टल्केको च्यादरले छाईएको छ । माउबाख्रा, खसीबोका, पाठापाठीलाई छुट्टा छुट्टै कोठामा राख्दा बाख्रापालन फस्टाएको झुलेका कृषक मनोज कार्कीको अनुभव छ ।

दोलखाको चरिकोटबाट तीन घण्टाको कच्चीबाटो छिचोलेर पुग्न सकीने दुरदराजका गाउँमा नेपाल ग्रामीण पुनर्निमाण संस्था आरआरएनले स्थानीयवासीन्दालाई सिपबिकास र चेतनाबिस्तारमा सघाएको छ । हातमा सिप भए मेहनत गरेर आयआर्जन गर्नसकीने रहेछ भन्ने शिक्षा छाडेको छ । अहिले गाउँमा सिंचाईको व्यवस्थापन हुँदा यहाँका सुख्खा टारहरु तरकारीबालीले हरियाली देखिन्छन् । बैतेश्वर गाउँपालिकाको यो गाउँको सिरानमा यसरी सिंचाईकोलागि आरआरएनले ट्याङ्कीको व्यवस्थापन गरीदिएपछी यी टारहरुमा हरियाली छाउन सुरु गरेको हो ।

सुकौरे डाडाँमा यसरी तरकारी लगाउला र यसरी टिपौला भन्ने न पूर्णदेवी तामाङ्ले सोचेकी थिइन नत टार भिजाउला भन्ने गोपाल तामाङले नै सोचेका थिए ? उजाड मरुभूमि झै देखिने डाडोमा सिंचाई पुग्दा कस्को पो मन प्रफुल्लीत नहोला र ? आरआरएनको यो सहयोगबाट यो ठाउँ स्वर्ग झै भएको उनीहरुको मनमा छ ।

दोलखाको यो झुले र मृगे गाउँका कृषकहरुको किबी खेतीले कर्म नै बदलीदिएको छ । किबी के हो भन्ने नामै नसुनेका यहाँका कृषकहरुको बारीमा अहिले लह लह किबी फूलेको देख्दा उनीहरु आफै दंग छन् । आरआरएनले माटोको अध्ययनसंगै किबीका बिरुवा अनुदानमा उपलब्ध गराएपछि यहाँका कृषकले किबिको व्यवसायीक खेती गर्न थालेकाहुन् । मकै,कोदो,गहुँ लगाउने र बाजो जमिनमा थाक्रा लगाएर किबी खेती गर्न थालिएको हो । त्यसो त किबि फलको बजार राम्रो र चाडै आयआजर्न गर्न सकीने भेउ पाएपछि यहाँका किसानहरुले मृगे गाउँलाई किबी जोन क्षेत्र नै बनाउने निर्क्यौलमा पनि पुगेकाछन् ।

अत्यन्त दुर्गम क्षेत्र र तामाङ समुदायको बसोबास रहेको गाउँका कृषहरुको आर्थिक अवस्थमा पनि बिस्तारै परिर्वतन आउन थालेको छ । समुहको बैंठक बस्ने र आपसी छलफल गरेर निष्कर्शमा पुग्ने बानी अन्य समुदायकोलागि पनि सिकाई भएको छ । गाउँको सिरानमा बैठक र समुदायको छलफलकालागि पनि आरआरएनले सामुदायिक भवन निर्माण गरीदिएको छ । जसले गर्दा कस्को घरमा बैठक गर्ने भन्ने समस्या अहिले छैन् । उन्नत बीउबिजन र रैथाने बिउँ बिजनको संरक्षण गर्न पनि आरआरएनले सिकाएको छ ।

गाउँमै बिउबिजन केन्द्र खोलिए पछि तरकारी कृषकहरुलाई सजिलो भएको छ । उत्पादन भएको बिउबिजन गाउँमै बिक्रि पनि हुने र रैथाने बिउको संरक्षण पनि हुने । जसले गर्दा गाउँलाई कृषिमा आत्म निर्भर हुन सिकाएको मात्र छैन, यसले सबै कृषकहरुमा अनुभव आदानप्रदान, आयआर्जन, सिप बिकास, आत्मर्निभर, मेलमिलाप र एकताको सन्देश पनि दिएको छ ।

 

शनिबार, ३० बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे