यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि शिखरसम्मको बाटो खुलेको छ । शिखरसम्मको बाटो बनाउँदै आइसफल डाक्टरहरुको टोली सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागका सगरमाथा आधार शिविर प्रतिनिधि खिमलाल गौतमले जानकारी दिएका छन ।

यस वर्ष दोस्रो शिविरभन्दा माथि शिखरसम्मको बाटो बनाउने जिम्मा लिएको इमाजिन नेपालको टोली शिखरमा पुगेको हो । बाटो बनाउने टोलीमा नौ जना आरोहीहरु सहभागी छन।

इमाजिन नेपालका प्रबन्ध निर्देशक  आरोही मिङ्मा शेर्पाको संयोजनमा भएको बाटो बनाउने काममा टोली प्रमुख दावा ग्याल्जे शेर्पासहित ङिमा नुरू शेर्पा, लाक्पा शेर्पा, दिपेन गुरुङ, पासाङ ङिमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर गेल्जेन शेर्पा, दा जाङ्बु शेर्पा र सुमन गुरुङ रहेका छन ।

शिखरसम्मको बाटो खुलेसँगै यस वर्षको लागि सगरमाथा आरोहण खुला गरेको पनि गौतमले जानकारी दिनुभयो । यस वर्ष सगरमाथा आरोहणको लागि नेपालसहित ६५ वटा देशका ४ सय ६७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । जसमध्ये ९८ जना महिला रहेका छन् ।

शनिबार, ३० बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत