ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुई वटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ ।

एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनु पर्दा प्रति वर्ष करिब ५६ लाख १६ हजार खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए ।

उनका अनुसार, हाल चिडियाखानामा १८ वर्षीय बाङ्गे बाघ, १३ वर्षीय महाराजा बाघ, १२ वर्षीय बगौरा बाघ, ९ वर्षीय प्रताप बाघ, ८ वर्षीया जगती (पोथी) बाघ र ५ वर्षीया महारानी (पोथी) बाघसहित जम्मा ६ वटा बाघ छन् ।

कोइरालाले भने, “सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ । त्यसैले प्रत्येक शनिबार बाघलाई ‘फास्टिङ’मा राख्ने गरेका छौँ । उनीहरुले पानी मात्र पिउँछन् ।”

पाँचवर्षे महारानी नामको बाघले वैशाख ८ मा कञ्चनपुर बेलौरी नगरपालिका–८, पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गङ्गादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्दको मृत्यु भएको थियो ।

बाघको आक्रमणबाट चन्दको मृत्युपछि, डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्तीसहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायत निकाय क्रियाशील भई बाघलाई नियन्त्रणमा लिई वैशाख १० गते चिडियाखानामा ल्याइएको थियो ।

महारानीलाई हाल क्वारेन्टिनमा राखिएको छ । सुरुसुरुमा आहारा नखाएर झोक्राए पनि केही दिनयता सामान्य अवस्थामा फर्किन लागेको छ ।

हाल प्रताप नामको (भाले) बाघ र जगती नामको (पोथी) बाघलाई सँगै राखिएको छ भने प्राविधिक टोलीको निगरानीमा क्वारेन्टिनमा रहेको महारानी बाघमा केही सुधार आएपछि महाराजा बाघसँग मिलाएर राख्ने योजना छ ।

शनिबार, ३० बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे