अहिले म्याग्दीमा मकै गोड्ने, मल बोक्ने र धानको बीउ राख्ने समय छ । कृषकहरु खेतबारीमा मल बोक्ने, मकै गोड्ने र धानको बीउ राख्ने काममा व्यस्त छन् ।

खेतबारीका गह्रा जता हे¥यो, त्यतै गोठे मलले भरिभराउ छन् । कुनै ठाउँमा मकै लगाउने काम सकिएको छ भने कुनै ठाउँमा मकै छर्ने तयारी हुँदैछ । किसान मलबोक्नमा व्यस्त छन् । प्राङ्गारिक मलको महत्व बुझ्न थालेपछि किसान अहिले गोठे मलको प्रयोग गर्न थालेका छन् । यसले उत्पादन पनि बढाएको छ भने माटो पनि सुधारेको छ ।

गत वर्षदेखि किसानले खेतबारीमा रासायनिक मलको प्रयोग कम गर्दै गएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । बजारबाट ल्याइने रासायिकन मलको सट्टा गोठेमलको प्रयोग बढ्दै जाँदा माटोको अम्लियपना पनि कम हुँदै गएको उनले बताए । म्याग्दीका सबै गाउँका बासिन्दा खेतीपाती गर्छन् । गाउँका सबैका घरमा भैँसी, गाई, बाख्रा छन् । गाई बस्तुबाट उत्पादन हुने गोठे मल सङ्कलन गरेर किसानले गोठे मलकै प्रयोग गर्ने गर्दछन् । बेनी नगरपालिका–४ सिंगाका कृषक नारायण पौडेलले तरकारी खेती गर्न थालेको पाँच वर्ष भयो । उनले सुरु सुरुमा एउटै जमिनमा छोटो समयमै पटक–पटक उत्पादन लिन रासायनिक मल प्रयोग गर्थे ।

गोठे मल अर्थात् प्राङ्गारिक मलको महत्व बुझन थालेपछि कृषक पौडेलले गोठे मल नै खेतमा प्रयोग गर्छन् । यसले आम्दानी पनि बढाएको र माटो पनि मलिलो भएको उनले बताए । म्याग्दीका किसान गोठे मल खेतमा लगाएर जैविक तरकारी तथा खाद्यान्न उत्पादनतर्फ लागेका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । प्राङगारिकभन्दा रासायनिक मलले दिने नतिजा बढी भए पनि अहिले किसान गोठे मलतर्फ आकर्षित भएको कृषि प्राविधिकको भनाइ छ ।

खेतबारीमा धेरै रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्तिमा ह्रास आउने, अम्लीयपना ज्यादा हुने जस्ता समस्या देखापर्ने कृषि विज्ञ बताउँछन् । बिस्तारै खेतबारीमा प्राङ्गारिक मलको प्रयोगले माटोको उर्बराशक्ति पनि बढ्दै गएको र बालीलाई फाइदा गरेको कृषि प्राविधिक निता शर्माले बताए । नेपालमा रासायनिक मलको प्रयोगले उर्बराशक्ति घटेको नदेखाए पनि ठाउँ–ठाउँमा माटोको गुणस्तर तथा माटोमा चाहिने पौष्टिक तत्वको कमी भएको देखाएको माटो विज्ञान अनुसन्धान केन्द्रको तथ्याङ्क छ । रासस

शुक्रबार, २९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे