कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई देशव्यापी बनाउने गरी कर्णालीबाट प्रमुख मुद्दा बनाउने योजनामा प्रदेश सरकार छ ।

पछिल्लो समय हिमालमा हिउँ पर्न छोडेको, समयमा वर्षा नहुने र त्यसको असर कृषि, खाद्यलगायत क्षेत्रमा परेर मानव अस्थित्वमा नै चुनौती थपिन थालेकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने गरी योजना निर्माण गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले जलवायु परिवर्तनको असर न्यूनीकरणका गर्न प्रदेशभर नै अभियान सञ्चालन गरिने बताए । त्यसका लागि विभिन्न विज्ञहरुसँग छलफल गरेर योजना निर्माण गरिने मन्त्री विसीको भनाइ छ । उनले भने, ‘अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको असरबाट हामी पनि प्रभावित छौँ ।

यससँग रहेर पनि काम गर्नुपर्ने छ, हाम्रा हिमालमा हिउँ पर्न छोड्यो, पानीका मुहान सुक्न थाले, जलचर संकटमा छन् । त्यसैले यस विषयमा पनि विज्ञसँगको छलफल थालिएको छ । आगामी नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकतामा राखिनेछ ।’ सरकारले ठूलो संख्यामा वन पैदावरबाट हरित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । त्यसको कार्यान्वयन भने सुरु भइसकेको छैन ।

शुक्रबार, २९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे