कुनैबेला विकट मानिएको देवचुलीस्थित कुमसोत क्षेत्र अहिले धेरैको गन्तव्य बनेको छ । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने सो ठाउँ सडक, विद्युत विस्तारसँगै आन्तरिक तथा बाह्रय पर्यटकको घुम्ने स्थान भएको छ । अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई यहाँको वातावरणले लोभ्याउने गरेको छ । चारैतिर वनजङ्गलको बीचमा अवस्थित डाँडा देखेपछि त्यहाँ पुग्ने जोकोही दङ्ग पर्दै रमाउने गर्छन् ।

नगरकोटको झल्को दिने देवचुली वडा –६ मा अवस्थित कुमसोत अहिले धेरैको रोजाई बनेको छ । कुमसोतबाट नवलपुर क्षेत्र, चितवनका गाउँहरू, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको सौन्दर्य सहजरुपमा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्यमा रम्न समय मिलाएर कुमसोत पुग्नेगरेको देवचुली ११ का तुलसी भट्टराईले बताए । चाडपर्व तथा विशेष दिनहरूमा कुमसोत पुग्नेको भीड नै हुनेगरेको भट्टराईले बताए ।

केही वर्षअघि सडक कालोपत्रे भए तापनि विधुतको समस्या झेल्दै आएका कुमसोत बासीलाई विधुत पुगेपछि सहजता थपिएको छ । विधुत प्रसारणसँगै कुमसोतमा होटलहरु सञ्चालनमा आएका छन् । अहिले ५ वटा होटलहरु सञ्चालनमा रहेको र केही होटलमा आवासको व्यवस्था पनि रहेको छ । दैनिक २०० देखि २५० जनाको हाराहारीमा पर्यटक पुग्नेगरेको देवचुली वडा –६ का अध्यक्ष मीनबहादुर सोती मगरले बताए । सडक कालोपत्रेसहित विधुत र खानेपानीको सहजताले कुमसोतको विकासमा सहयोग गरेको वडा अध्यक्ष सोती मगरले बताए ।

कुमसोत डाँडामा भेटिनुभएकी देवचुली नगरपालिका –१ निवासी शोभा भण्डारी त्यहाँको वातावरण देखेर निकै खुसी भएको बताए । उनले भने, “यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै सन्तुष्टि मिलेको छ । आफ्नो सपरिवार छोराछोरीसँगै पुग्नुभएकी भण्डारीले कुमसोत डाँडाबाट देखिने मनोरम दृश्य अवलोकनका साथै त्यहाँ खेलाइने पिङ खेलेर घण्टौँ बिताउन पाउँदा आनन्दको अनुभूति भएको बताए ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको दलदले बजारबाट उत्तरतर्फ ३० मिनेटमा पुग्न सकिने भएकाले उक्त स्थानमा प्रायः मोटरसाइकल, अटो तथा कारमा यात्रा गर्न सहज छ । आन्तरिक पर्यटकहरू गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्नेगरेका छन् । चिसो हावापानी साथै हरियालीबीचमा रहेको कुमसोतमा प्राकृतिक सौन्दर्यले थप साथ दिएको छ ।

पिङ खेल्नक लागि साथीहरूसँगै आउनुभएकी कावासोती नगरपालिकाका पवित्रा शर्मा पनि यहाँको वातावरण देख्दा खुसी लागेको बताए । उनले डाँडामा पुगेर पिङ खेल्दा आकाशमै उडेकोजस्तो भान भएको बताए । अहिले गर्मीको समयमा चारैतिर जङ्गल र सोही जङ्गबीचमा रहेको कुमसोत डाँडाबाट देखिने देवचुलीको फाँट हेर्दा आनन्द लागेको उनको भनाइ छ ।

आन्तरिक र बाह्रय पर्यटक भित्र्याउनका लागि वडा कार्यालयले विशेष योजना बनाई काम गरिरहेको अध्यक्ष सोती मगरले बताए । सोतीका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने, गाउँमा होमस्टे निर्माणका लागि पहल गर्ने, गाउँलाई सफा र हरियाली बनाउने अभियान सञ्चालन गर्ने, स्थानीय रूपमा हुने कृषिउपज तथा पशुपन्छीको बजारीकरण गर्ने कार्यलाई प्राथमिकता राखिएको छ ।

८५ घरधुरी रहेको कुमसोतको अनुमानित जनसङ्ख्या चारसय रहेको छ । गर्मी महिनामा डाँडा अवलोकन गर्न र पिङ खेल्न टाढा टाढाबाट आउने पर्यटकलाई पिङ खेलेबापत दुई सय रुपियाँ शुल्क लिनेगरिएको छ ।

शुक्रबार, २९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे