Trending
दक्षिणकालीमा कृषि ऋण लिँदा कृषकले लिएको ऋणको ब्याज नगरपालिकाले तिरिदिने भएको छ । नगरपालिकाले बनाएको व्यवस्था बमोजिम कुनै पनि कृषकले कृषि प्रयोजनको लागि लिएको १५ लाख रुपैयाँसम्मको ऋणको ब्यान नगरपालिकाले तिर्ने नीति लिएको नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए ।
प्रमुख बस्नेतले कृषकहरुलाई कृषि गर्नको लागि समस्या नहोस् भन्नको लागि बैंकबाट कृषि प्रयोजनमा लिएको १५ लाख रुपैयाँसम्मको ब्याज आफूले तिरिदिने नीति बनाइएको छ । साथै, किसानको खेतीको बिमा समेत नगरपालिकाले नै गरिदिने नीति रहेको छ ।
दक्षिणकाली नगरपालिका ४० प्रतिशत कृषियोग्य जमिन रहेको नगरपालिका हो । यो नगरपालिकामा विभिन्न नगदेबालीहरु व्यावसायिक रुपमा उत्पादन हुने गर्छ । यही नगरपालिकामा पर्ने फर्पिङ नास्पातीको लागि चर्चित रहेको छ । अहिले नगरपालिकाले यस्तै व्यावसायिकतालाई प्राथमिकता दिनको लागि एक वडा एक नमुना कार्यक्रमको नीति लिएर अघि बढेको छ ।
जसमध्ये पनि नगरपालिकाको मुख्य लक्ष्य भनेको भएको जमिनको उपभोग गर्दै व्यावसायिक खेतीमा नगरवासी लागून् भन्ने रहेको नगरप्रमुख बस्नेत बताए ।