file photo

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने बताएका छन् ।

गृह मन्त्रालमया आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयोसको खाँचो रहेको औँल्याए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका उनले भने, “विपद्लाई शून्य बनाउन सकिन्न, न्यून गर्न सक्छौँ, त्यसका लागि अगाडि नै सही व्यवस्थापन गर्नुपर्छ, सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ ।” उनले यथास्थिवादी सोचले मात्रै काम गर्न नसकिने स्पष्ट पारे ।

उनले विपद् जोखिम व्यवस्थापनको तयारीमा कमी भएको गुनासा रहेकाले आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन सरोकारराख्ने मन्त्रालय र निकायका अधिकारीहरुको ध्यानाकर्षण गराए । “भएका निर्णय ठीक ढङ्गले कार्यान्वयन नभएर वा तयारी नपुगेर विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआवोस्”, उनले भने ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले विपद्लाई समयमै व्यवस्थापन गर्न ध्यानाकर्षण गराउँदै स्वास्थ्य मन्त्रालयले गर्ने तयारीमा कुनै कमी हुन नदिने पनि प्रतिबद्धता जनाए ।

आगलागी तथा वन डढेलोले मानव, वन्यजन्तु तथा वातारणमा ठूलो असर गरिरहेकाले आगो लगाउनेलाई कडा कारबाही गर्न र उपभोक्ता समितिलाई थप सक्रिय बनाउनुपर्ने उनले आवश्यकता औँल्याए ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले विपदको पूर्व सूचना प्रणाली र पुर्वानुमानलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताए । उनले विपद् जोखिम न्युवस्थापनका लागि पूर्व तयारी नै महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै आवश्यक बन्दोवस्तीमा चुस्त र पारदर्शी बनाउन पनि आग्रह गरे ।

मुख्य सचिव शंकरदास बैरागीले विपद व्यवस्थापन कार्ययोजनालाई विस्तृतरुपमा तयार प्पारेर अघि बढ्न्पर्नेमा जोड दिए। ‘‘विपद् व्यवस्थापन विज्ञ गङ्गालाल तुलाधरले विपद्बाट प्रभावितहरुका लागि तत्काल राहत दिने व्यवस्था मिलाउन जरुरी छ उनले भने ।’’ रासस

शुक्रबार, २९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे