शहीद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको वेशभूषा, तथा कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए।

आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा वडा कार्यालयले विनियोजन गरेको रु १४ लाख बजेटबाट सङ्ग्रहालय निर्माणको काम सम्पन्न भएको उनले बताए। ‘स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा सङ्ग्रहालय निर्माण गरिएको हो’, वडाध्यक्ष थापाले भने, ‘उपभोक्ता समितिमार्फत निर्माण गरिएको सङ्ग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ ।’

सङ्ग्रहालयमा अल्पसङ्ख्यक चेपाङ जातिको भेषभुषा, परम्परागत रुपमा प्रयोग गर्ने सामग्री राखिने उनले बताए। ‘पछिल्लो समय चेपाङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने सामाग्री लोप हुने अवस्थामा छन्’, वडाध्यक्ष थापाले भने, ‘आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीय स्तरबाट नै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको हो ।’

गाउँपालिकाको डाँडागाउँ चेपाङ समुदायको मात्र बसोबास रहेको ठाउँ हो । ‘यहाँ चेपाङको मात्र बस्ती छ, अन्य जातिको बसोबास नै छैन’, वडाध्यक्ष थापाले भने, ‘ढाडे गाउँ, डाँडागाउँ, तेस्रे गाउँमा सबै चेपाङ समुदायका मान्छे बस्दै आएका छन् ।’ निर्माण सम्पन्न गरिएको सङ्ग्रहालयको संरक्षणको जिम्मेवारी पनि चेपाङ समुदायलाई दिइएको वडाध्यक्ष थापाले जानकारी दिए।

सङ्गहालयमा चेपाङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने वेशभूषा, भाङ्ग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्री लगायतका सबै खालका परम्परागत सामग्री राखिने उनको भनाइ छ । सङ्ग्रहालयमा हरेक वर्षको एक दिन चेपाङ समुदायले मनाउने न्वागी पर्वका दिन कार्यक्रमको आयोजना गरिने र सो समुदायको क्षमता विकासका लागि छलफल तथा बैठक गरिने वडाध्यक्ष थापाको भनाइ छ ।

चेपाङको परम्परागत वेशभूषामा महिलाका लागि गून्यु–चोलो, पुरुषका लागि दौरा–कछाड र त्यसमा जाली भरिएको स्टकोट हुन्छ । साथमा पछाडीपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ । त्यस्तै, परम्परागत चेपाङ समुदायको गरगहनाका रुपमा मुगा, हारेमालालाई लिइन्छ । यस्ता गरगहना लगाउने परम्परा पनि बिस्तारै उक्त समुदायबाट लोप हुँदै गएको छ । आफ्नो परम्परा र संस्कृति लोप हुन नदिन स्थानीय सरकारको पहलमा सङ्ग्रहालय बनेपछि चेपाङ समुदाय पनि खुसी भएको स्थानीयवासी जगबहादुर चेपाङले बताए।

बिहिबार, २८ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा