file photo

संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि आधारशिविरमा रोकिएका आरोहीहरु मौसममा सुधार आएसँगै चुचुरोतर्फ लागेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु करिब ४ हजार सातसय मिटर उचाईमा रहेको आधारशिविरमा तीन हप्ता रोकिएका थिए ।

म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्त ऋतुको यस सिजनमा २४ पुरुष र ११ जना महिलाले अनुमति लिएका छन् ।

‘‘आरोहणका लागि अनुकुल मौसमको प्रतिक्षामा लामो समय आरोहीहरु आधारशिविरमै रोकिनु प¥यो,’’ सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाई‌ले भन्नुभयो, ‘‘हिजो आज मौसममा सुधार देखिएकाले आरोहीहरु धौलागिरिको चुचुरोतर्फ लाग्नुभएको छ । अहिले करिब ६ हजार एकसय मिटरको उचाईमा रहेको क्याम्प २ मा पुग्नुभएको छ ।’’

मौसममा गडबढी नभए अबको ३ देखि ४ दिन भित्रमा हिमाल आरोहण हुने उनले जानकारी दिए । गुरागाईले दिएको जानकारी अनुसार आरोहीको समूहमा रहनुभएका स्पेनका ८४ वर्षीय कोलोर्स सोरिया पनि क्याम्प २ मा पुगेका छन । यो कार्लोसको १३ औं पटकको प्रयास हो । गत वर्ष १२ औं पटकको प्रयासमा कार्लोस ७ हजार मिटरको उचाईमा पुगेर फर्किएका थिए ।

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशकयता १२ औं पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुनसकेको छैन । कार्लोसको आरोहण दलको नेतृत्व यसपटक मिङ तेम्बा शेर्पाले गरेका छन । यसपटक सेभेन समिटका तर्फबाट २६ जना आरोहीले धौलागिरि हिमाल आरोहण गर्दैछन् ।

सेभेन समिट लगायत इलाइट र पाइनर एडभेन्चरको व्यवस्थापनमा आरोहीहरु धौलागिरि आरोहण गर्न लागेका हुन । अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ ।

बुधबार, २७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे