file photo

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

काठमाडौमा आज (बुधबार) आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष नेपालले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको बताए । उनले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्ने कुरा भ्रष्टाचारका काण्डहरूले दिइरहेको बताएका छन् । भ्रष्टहरूलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उनले आग्रह गरेका छन् ।

उनले भने, ‘एकपछि अर्को भ्रष्टाचार काण्डहरूका फाइल खुल्न थालेका छन्, यसले नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने देखाउँछ । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरूले नै अगुवाइ गर्ने गरेका छन् ।

उपप्रधान एवम् गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु– तपाईले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरू जुनसुकै मुद्दामा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ ।’

 

बुधबार, २७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत