Trending
सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत गुराँस गाउँपालिका –४ स्थित तालपोखरी नजिकै बिक्रीका लागि राखिएको काफल । जंगलमा टिपेर ल्याएको काफल यसरी सडक छेउछाउ ल्याएर विक्री गरिने गरेको छ । काफल विक्रीबाट सामान्य घर खर्चमा सघाऊ पुग्ने गरेको जनाइएको छ । स्कुल विद्यार्थीहरुले समेत जङ्गलबाट काफल टिपेर ल्याई बेच्ने गरेका छन् । यसबाट आएको पैसा उनीहरु खाता, डटपेन किन्न खर्चिने गरेका छन् । तस्वीर : सुरेश आचार्य / रासस