धादिङको दुर्गम क्षेत्रमा पर्ने मण्डली सेकेण्डरी स्कुललाई दिलकुमारी केसी स्मृति प्रतिष्ठानले सहयोग गरेको छ । आज एक कार्यक्रम गरी दुर्गम र आर्थिक अवस्था कम्जोर भएका बालबालिका पढ्ने बिद्यालयलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर,प्रोजेक्टलगायतका शैक्षिक सामाग्रि प्रदान गरेको हो ।

दिलकुमारी केसी स्मृति प्रतिष्ठानकी अध्यक्ष उषा केसी कार्कीले मण्डली सेकेण्डरी स्कुल धादिङका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलाई १२ थान कम्प्युटर, प्रिटर, प्रोजेक्टर सहितका शैक्षिक सामाग्री हस्तान्तरण गरीन् । दुर्गम क्षेत्रमा अतिबिपन्न समुदायका बालबालिका अध्ययन गर्ने भएकाले शिक्षालाई प्रविधिमैत्री बनाउने उद्धेश्यले शैक्षिक सामाग्री बितरण गरीएको अध्यक्ष कार्कीले बताईन् ।

शहर केन्द्रीत शिक्षा र बालबालिकासमेत शहर केन्द्रीत हुन थालेपछि गाउँकै बिद्यालयलाई प्रविधि मैत्री बनाउन प्रत्येक बर्ष कम्प्युटर, ल्यापटप र प्रविधिमैत्री शैक्षिक सामाग्री दुर्गम क्षेत्रका बिद्यालयलाई प्रदान गरीने दिलकुमारी केसी स्मृति प्रतिष्ठानका सल्लाहकार नवराज केसीले जानकारी दिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले बिद्यालयको आर्थिक अवस्था दयनीय हुँदा प्रविधिमैत्री शिक्षणमा कठीनाई भएको बताए । उन्ले दिलकुमारी केसी स्मृति प्रतिष्ठानबाट प्राप्त प्रविधिमैत्री शैक्षिक सामाग्री दुर्गम क्षेत्रका बालबालिकाकालागि धेरै उपयोगि हुने बिश्वास व्यक्त गरे । अहिले पनि दुर्गम क्षेत्रका बिद्यालय प्रविधिमैत्री नहुँदा बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित रहेकाछन् ।

प्रतिष्ठानले दिएको १२ थान कम्प्युटर, एक थान प्रिन्टर र प्रोजेक्टरले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाईा सहयोग पुग्ने बिश्वास उन्को छ । दिलकुमारी केसी स्मृति प्रतिष्ठानले यस भन्दा अगाडि पनि दुर्गम क्षेत्रमा खाद्यान्न, बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दे आएको छ ।

बुधबार, २७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे