Trending
एभरेष्ट बैंकले पश्चिम नवलपरासीस्थित बर्दघाटमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार उक्त शाखाको उद्घाटन गरेको हो। योसँगै बैंकको शाखा संख्या १२५ पुगेको बैंकले जानकारी दिएको छ।
उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशवप्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरे।
कार्यक्रममा बैंकका लुम्बिनी प्रदेशका प्रबन्धक लवप्रसाद कुईकेल, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतका व्यक्तिहरूको उपस्थिति थियो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भण्डारीले बर्दघाटमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच थप सहज तथा सुलभ हुने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बर्दघाट र सो आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने बताए।